लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

पत्रकार केसीलाई शिक्षा पुरस्कार, विद्यार्थीलाई छात्रावृत्ति

भास्करानन्द माया शर्मा अक्षकोषले भैरहवामा छात्रावृत्ति वितरण गरेको छ । विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रावृत्ति वितरण गरिएको हो । शनिबार भैरहवामा आयोजित कार्यक्रममा नगर क्षेत्रमा रहेका दर्जन सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रावृत्तिवापत नगद रकम प्रदान गरिएको संस्थाले जनाएको छ । उक्त अक्षयकोष शिक्षाविद् विएन शर्माले स्थापना गरेका हुन् । उनले संस्थामार्फत् विगत सात वर्षदेखि उक्त छात्रावृत्ति वितरण गर्दै आएका छन् ।

यस्तै, उक्त संस्थाले स्थापना गरेको भास्करानन्द माया शर्मा शिक्षा पत्रकारिता पुरस्कार–२०८० समता टेलिभिजनका सम्पादक नरेश केसीलाई प्रदान गरिएको छ । एक दशक लामो समयदेखि पत्रकारिता गर्दै आएका केसीलाई नगद १० हजार, सम्मानपत्रसहित उक्त पुरस्कार प्रदान गरिएको हो । अक्षयकोषका संस्थापक शिक्षाविद शर्मा, संस्थाका पदाधिकारी एवं सदस्यहरुले पत्रकार केसीलाई पुरस्कार प्रदान गरेका हुन् ।

शिक्षा क्षेत्रमा कलम चलाउने पत्रकारहरु मध्येबाट लुम्बिनी प्रेस क्लबको सिफारिशमा उक्त पुरस्कार हरेक वर्ष प्रदान गरिँदै आएको छ । सामुदायिक विद्यालयका विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीहरु र पत्रकारलाई छात्रवृत्ति प्रदान गर्दै आएको भास्करानन्द माया शर्मा अक्षयकोष शिक्षा क्षेत्रमा लुम्बिनी प्रदेशकै धेरै राशी भएको ठुलो अक्षय कोष मानिन्छ । छात्रावृत्ति गरिब तथा विपन्न परिवारका विद्यार्थी, जेहेन्दार र सामुदायिक विद्यालयमा उत्कृष्ट हुनेलाई प्रदान गरिँदै आएको छ ।

कार्यक्रममा बोल्ने वक्ताले अक्षयकोषमार्फत् छात्रावृत्ति पाउँदा विद्यार्थीहरुलाई अध्ययनमा टेवा पुगेको जनाए । उनीहरुले शिक्षा क्षेत्रमा गरेको लगानी खेर नजाने जनाउँदै अक्षयकोषले विद्यार्थीहरुलाई थप हौसला मिलेको उल्लेख गरे । अक्षयकोषका संस्थापक शर्माले विद्यार्थीलाई छात्रावृत्ति र पत्रकारलाई सम्मान गर्न पाउँदा हर्षित भएको सुनाए । उनले आफ्नो जीवनको सबैभन्दा ठुलो खुसी अक्षयकोष स्थापना र त्यसबाट हरेक वर्ष विद्यार्थीलाई वितरण गर्न पाउनु रहेको जनाए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित