श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह                
समाचार :

पत्रकार केसीलाई शिक्षा पुरस्कार, विद्यार्थीलाई छात्रावृत्ति

भास्करानन्द माया शर्मा अक्षकोषले भैरहवामा छात्रावृत्ति वितरण गरेको छ । विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रावृत्ति वितरण गरिएको हो । शनिबार भैरहवामा आयोजित कार्यक्रममा नगर क्षेत्रमा रहेका दर्जन सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रावृत्तिवापत नगद रकम प्रदान गरिएको संस्थाले जनाएको छ । उक्त अक्षयकोष शिक्षाविद् विएन शर्माले स्थापना गरेका हुन् । उनले संस्थामार्फत् विगत सात वर्षदेखि उक्त छात्रावृत्ति वितरण गर्दै आएका छन् ।

यस्तै, उक्त संस्थाले स्थापना गरेको भास्करानन्द माया शर्मा शिक्षा पत्रकारिता पुरस्कार–२०८० समता टेलिभिजनका सम्पादक नरेश केसीलाई प्रदान गरिएको छ । एक दशक लामो समयदेखि पत्रकारिता गर्दै आएका केसीलाई नगद १० हजार, सम्मानपत्रसहित उक्त पुरस्कार प्रदान गरिएको हो । अक्षयकोषका संस्थापक शिक्षाविद शर्मा, संस्थाका पदाधिकारी एवं सदस्यहरुले पत्रकार केसीलाई पुरस्कार प्रदान गरेका हुन् ।

शिक्षा क्षेत्रमा कलम चलाउने पत्रकारहरु मध्येबाट लुम्बिनी प्रेस क्लबको सिफारिशमा उक्त पुरस्कार हरेक वर्ष प्रदान गरिँदै आएको छ । सामुदायिक विद्यालयका विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीहरु र पत्रकारलाई छात्रवृत्ति प्रदान गर्दै आएको भास्करानन्द माया शर्मा अक्षयकोष शिक्षा क्षेत्रमा लुम्बिनी प्रदेशकै धेरै राशी भएको ठुलो अक्षय कोष मानिन्छ । छात्रावृत्ति गरिब तथा विपन्न परिवारका विद्यार्थी, जेहेन्दार र सामुदायिक विद्यालयमा उत्कृष्ट हुनेलाई प्रदान गरिँदै आएको छ ।

कार्यक्रममा बोल्ने वक्ताले अक्षयकोषमार्फत् छात्रावृत्ति पाउँदा विद्यार्थीहरुलाई अध्ययनमा टेवा पुगेको जनाए । उनीहरुले शिक्षा क्षेत्रमा गरेको लगानी खेर नजाने जनाउँदै अक्षयकोषले विद्यार्थीहरुलाई थप हौसला मिलेको उल्लेख गरे । अक्षयकोषका संस्थापक शर्माले विद्यार्थीलाई छात्रावृत्ति र पत्रकारलाई सम्मान गर्न पाउँदा हर्षित भएको सुनाए । उनले आफ्नो जीवनको सबैभन्दा ठुलो खुसी अक्षयकोष स्थापना र त्यसबाट हरेक वर्ष विद्यार्थीलाई वितरण गर्न पाउनु रहेको जनाए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित