भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

संसद अवरोधको मुख्य कारक सरकार र गठबन्धन हो- बर्तौला

 

बुटवल । नेकपा एमालेका सचेतक महेश बर्तौलाले संसद अवरोधको मुख्य कारक सरकार र गठबन्धन भएको बताएका छन् ।

प्रेस चौतारी रुपन्देहीले शनिबार बुटवलमा परेको पत्रकार भेटघाटमा बर्तौलाले जनताबाट चुनिएका सांसदहरुले संसदमा आफ्ना मागहरु राख्दा प्रतिपक्षले संसद अवरोध ग¥यो भनेर सरकार र गठबन्धनले भ्रम फैलाएको बताए ।

संसदमा उठेका विषयलाई सरकारले नजरअन्दाज गरेर गैरजिम्मेवार बन्न नमिल्ने भन्दै बर्तौलाले संसद खुलाउने जिम्मेवारी र दायित्व सरकारको हुने बताए ।

‘प्रतिपक्षी दलले उठाएका मागहरुमा सरकार जवाफदेही र जिम्मेवार हुनैपर्छ तर सरकार संविधानले नचिनेको गठबन्धनलाई अघि सारेर प्रतिपक्षका माग पूरा गर्न सकिन्न भनेर दादागिरी गरिरहेको छ’–बर्तौलाले भने–‘सरकारले संविधान, संसदीय मुल्यमान्यतामाथि लज्जास्पद आक्रमण गरिरहेको छ,यसै कारण संसद अवरोध हुन पुगेको हो तर प्रतिपक्षले संसद अवरोध गरेको भ्रम फैलाएको छ ।’

संसदमा प्रतिपक्षको विशेष अधिकार हुने तर प्रतिपक्षी दलका सांसदहरु बोल्दा सत्ता पक्षले दादागिरी गरेर संसदीय मुल्य मान्यताको धज्जी उडाएको बर्तौलाले आरोप लगाए ।

सुन तस्करी,ललिता निवास,भुटानी शरणार्थी,गौर हत्याकाण्ड लगायतका प्रकरणहरुमा प्रधानमन्त्रीले सत्ता साझेदार दलका नेताहरुलाई पालैपालो फाइल खोल्छु भनेर धम्काएर सत्ताको आयू लम्बाउने काम गरिरहेको बर्तौलाले आरोप लगाए ।

‘प्रधानमन्त्रीले फाइल खोल्छु भन्दै स्टन्ट गरेर शेरबहादुर देउवा,माधव नेपाल,उपेन्द्र यादव र बाबुराम भट्टराईसम्मलाई धम्काउंदै अघि बढेका छन्’–बर्तौलाले भने–‘सत्ताको आयू लम्बाउन पुर्वाग्रह सांधेर स्टन्ट गर्ने र धम्काउने हैन, सबै फाइल खोलेर निष्पक्ष छानवीन गर्न एमालेको चुनौति छ ।’

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित