
बुटवल । बुटवलमा मिडिया सम्मेलन सुरु भएको छ । प्रकाशन तथा प्रसारण संघ लुम्बिनीको आयोजनामा सुरु भएकोमिडिया सम्मेलनको लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले उदघाटन गरे ।
लुम्बिनी प्रदेशभित्र रहेका सञ्चारमाध्यमहरुको संस्थागत विकास र व्यावसायिक एकरुपता कायम गर्ने मुख्यउद्देश्यसहित आयोजना गरिएको सम्मेलनमा लुम्बिनी प्रदेशका छापा माध्यम, रेडियो, टेलिभिजन तथा अनलाइनमिडियाहरु सहभागी छन ।
कार्यक्रममा बोल्दै प्रकाशन तथा प्रसारण संघ लुम्बिनीका अध्यक्ष नवराज कुँवरले सरकारी बिज्ञापन समानुपातिक बितरण नहुनुका साथै बढ्दो आर्थिक संकटका कारण मिडिया चल्न नसक्ने अबस्थामा पुगेको बताए ।
बरिष्ठ पत्रकार बालकृष्ण चापागाईले सिमित पत्रकारहरुको हातमा सरकारी बिज्ञापन भएको सधा मिडियामाबिज्ञापन आउन नसकेको बताए ।
सम्मेलनमा छापा माध्यम, विद्युतीय तथा अनलाइन प्रकाशन तथा प्रसारण संस्थाहरुबाट करिव १२५ जना सञ्चालकतथा प्रकाशकहरुको सहभागिता रहेको छ।
हिमाल खवर पत्रिकाका प्रकाशक कनकमणि दीक्षितले पत्रकारले केहि छैन भन्न थाले देश डुब्ने बताए ।