‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

एमालेको लुम्बिनी प्रदेश अधिवेशन तयारी तीव्र, खानेबस्ने प्रबन्ध आफैं गर्नुपर्ने

नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको प्रथम अधिवेशनको तयारी तीव्र पारिएको छ । लुम्बिनी प्रदेश कमिटीको प्रथम अधिवेशन यही भदौ १६ र १७ गते बुटवल- १० रामनगरस्थित बुटवल अन्तर्राष्ट्रिय सभाहलमा हुँदैछ ।

अधिवेशनका सहभागी प्रतिनिधिले खानेबस्ने प्रबन्ध आफैं मिलाउनु पर्ने भएको छ।

महाधिवेशनमा सहभागी हुन आउने रुकुम पूर्व र रोल्पाका प्रतिनिधि बाहेक अन्य १० जिल्लाका प्रतिनिधिले आफ्नो बस्ने र खाने व्यवस्था आफैं गर्नुपर्ने निर्णय गरेकाे प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले जानकारी दिए ।

अधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेललगायतका नेताहरु आउने छन् ।

सातै प्रदेशमध्ये सबैभन्दा पहिले लुम्बिनी प्रदेश कमिटीले अधिवेशन गर्न लागेको हो। उक्त अधिवेशनमा लुम्बिनी प्रदेशका कुल ८२ हजार ३ सय ३ पार्टी सदस्यहरू मध्येबाट १ हजार भन्दा बढी प्रतिनिधि छनोट हुने छन्।

एमालेले लुम्बिनी प्रदेशका १ सय ९ वटै पालिकाबाट भदौ ९ गते एकैदिन प्रतिनिधि छनोट गर्ने तालिका सार्वजनिक गरेको छ।

अधिवेशन प्रतिनिधिका लागि एमालेले खुलातर्फ १ सय जना पार्टी सदस्य बराबर १ जना, दलिततर्फ ७५ जना सदस्य बराबर १, जनसंगठनतर्फ प्रदेशबाट महासंघलाई ५ जना  र अन्यबाट ३ जना तथा एक तिहाई महिला अनिवार्य हुनेगरी मापदण्ड तय गरेको जनाएको छ। त्यस्तै सोमबार बसेको पार्टी सचिवालय बैठकले प्रदेश कमिटीमा १० प्रतिशत ४० वर्ष भन्दामुनिका युवा अनिवार्य निर्वाचित गर्न पनि निर्देशन दिएको छ ।

अधिवेशन सम्पन्न गर्न पार्टीका प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल संयोजक तथा प्रदेश कमिटीका पदाधिकारी उपाध्यक्ष भोजप्रसाद श्रेष्ठ, सचिव लक्ष्मण आचार्य, उपसचिवद्वय लीला राना र दुर्गाप्रसाद थारु एवं जिल्ला कमिटीका अध्यक्षहरु सदस्य रहने गरी १७ सदस्यीय मूल ब्यवस्थापन कमिटी, राजनैतिक, सांगठिनक तथा आर्थिक प्रतिवेदन तयारीका लागि संयोजक राधाकृष्ण कँडेल, सदस्य भोजप्रसाद श्रेष्ठ, लक्ष्मण आचार्य, लीला राना र दुर्गाप्रसाद थारुलाई जिम्मेवारी दिइएको छ ।

त्यसैगरी अतिथि सत्कार संयोजक भोजप्रसाद श्रेष्ठ, स्वास्थ्य समिति संयोजक बाबुराम भट्टराई, सांस्कृतिक उपसमिति संयोजक सिन्धु जलेशा, कार्यालय तथा प्रतिनिधि व्यवस्थापन समिति संयोजक लक्ष्मण आचार्य र सदस्यहरुमा बालकृष्ण पाण्डे, प्रचारप्रसार समिति संयोजक डीआर घिमिरे, सदस्य मोहन चापागाईं, शेरबहादुर केसी, भरत केसी, दिनेश पाण्डे, प्रदीप आचार्य, शोभाखर पन्थी, निरु गौतम, रामप्रसाद आचार्य रहेका छन् ।

मञ्च व्यवस्थापन र स्वंयसेवक परिचालन संयोजकमा पुरन गुरुङ, सहसंयोजक तुलबहादुर अधिकारी, आवास तथा खाद्य व्यवस्थापन समितिको संयोजकमा तेजेन्द्र केसीलाई जिम्मेवारी दिइएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित