जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी ‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी? “जेनजी आन्दोलन”को पहिलो मागनै रोजगार थियो, अबको ध्यान त्यता केन्द्रित गर्छु : विष्णु पौडेल चौथो न्यू होराइजन कप अन्तर मावि जिल्ला स्तरीय छात्र भलिबल प्रतियोगिताको उपाधि आयोजकलाई स्पेल–बी च्याम्पियनसिपको उपाधि बुटवलको कान्ति माविलाई प्यारामाउन्ट बोर्डिङ हाई स्कुलमा खेल सप्ताह जारी गुल्मी छत्रकोट–खज्र्याङग रुपन्देही सम्पर्क समाजको आयोजनामा रक्तदान सम्पन्न                
समाचार :

स्वतन्त्र नागरिक समूह नेपालद्वारा निर्वाचन बहिस्कार गर्ने घोषणा

बुटवल। स्वतन्त्र नागरिक समूह नेपालले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन बहिस्कार गर्ने घोषणा गरेको छ । संविधानका केही विषयमा असहमति भएकाले निर्वाचनलाई शान्तिपूर्ण बहिस्कार गर्ने उक्त समूहले शनिबार बुटवलमा पत्रकार सम्मेलनमार्फत साे जानकारी गराएको हो ।

समूहका अध्यक्ष विश्वराज गैरेले धर्मनिरपेक्षता गलत बाटोबाट ल्याइएको, संघीयता विदेशीको इशारामा लादिएको भन्दै संविधान संशोधनका लागि दबाव दिन चुनाव बहिस्कार गर्न लागेको बताए ।

३६ जिल्लामा स्वतन्त्र नागरिक समूहको संगठन सञ्जाल रहेको समूहका महासचिव टोपबहादुर केसीको भनाइ छ । उनले निर्वाचन शान्तिपूर्ण बहिस्कार गर्न आब्हान गर्ने र कुनै ताेडफाेडमा नउत्रिने प्रष्ट पारे ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित