‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

रुपन्देही कांग्रेसमा संस्थापनका शाह र इतरका नेता खानबीच मञ्चमै हात हालाहाल

रूपन्देही । रुपन्देहीमा नेपाली कांग्रेस भित्रका दुई समुहहरु बीच मञ्चमै हात हालालहाल भएको छ ।

रुपन्देही क्षेत्र नं. ५ बाट उम्मेदवार बनेका भरत कुमार शाह र सोही निर्वाचन क्षेत्रका पुर्व प्रदेश सभा सदस्य समेत रहेका नेता फकरुद्दिन खान बीच एक आपसमा हात हालाहाल भएको हो ।

रुपन्देहीको क्षेत्र नं. ५ मा आन्तरिक विशेष अभियान अन्तर्गतको कार्यक्रममा भरत कुमार शाहले बोल्ने क्रममा खानमाथी उपमानित व्यवहार गरेपछि मञ्चमै हात हालाहालको स्थिती सिर्जना भएको हो ।

भरत कुमार शाहले बोल्ने क्रममा कांग्रेसका महासमिति सदस्य रहेका फकरुद्दिन खानप्रति लक्षित गर्दै तपाई जस्ता मान्छे कांग्रेसमा धेरै आए भनेपछि मन्चमै रहेका खानले उठेर प्रतिवाद गरेका थिए।

त्यसपछि भने अन्य कार्यकर्ताहरु मञ्चमा पुगेका थिए ।

खान हालै मात्र संस्थपन समूह बाट अहिले इतर समूहमा लागेका व्यक्ति हुन । अघिल्लो प्रदेश सभामा नेपाली कांग्रेसका प्रमुख सचेतक समेत भएका खान अहिले भने प्रदेश सभाको निर्वाचनमा पराजित भएका थिए । भरत कुमार शाह पनि एमालेका बासुदेव घिमिरे संग पराजित भएका थिए ।
दुई समुह बीच हात हालहाल भएपछि यति बेला रुपन्देही कांग्रेसको विवाद सतहमा आएको छ ।

कांग्रेस महासमिति सदस्य फखरुद्दिन खान केही असमझदारीका कारण घटना घटेको र आन्तरिक घटना भएको बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित