निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

सुन तस्कर संग मेरो कुनै सांठगांठ छैन–महरा

बुटवल । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराले सुन तस्करसंग आफ्नो कुनैपनि सांठगांठ नभएको दाबी गरेका छन् ।
दाङको घोराहीमा मंगलबार पत्रकारहरुसंग कुरा गर्दै महराले सुन प्रकरणमा आफूविरुद्ध सञ्चारमाध्यममा गलत अफवाह फैलाइएको जिकिर गरे ।
सुन तस्करी प्रकरणमा जोडिएका चिनिया नागरिक वाङलाई आफूले फलफूल व्यापारीको रुपमा केहिवर्ष देखि चिनेको र त्यही रुपमा मात्रै कुरा गरेको महराले दावी गरे ।
वाङसंग सुनका बारेमा कहिल्यै फोनमा कुराकानी नभएको महराले बताए । महराले वाङले एकजना साथीको इलेक्ट्रोनिक चुरोट भन्सारमा रोकिएको र भन्सारबाट निकालिदिन आग्रह गर्दै आफूकहां आएको स्वीकार गरे ।
सोही आधारमा आफूले भन्सारका कर्मचारीसंग कुरा गरेको र हेरेर कानुनअनुसार काम गर्न मात्रै आग्रह गरेको उनको भनाई छ । ‘आशंका लाग्छ भने सुन तस्करी प्रकरणमा राज्यलाई सघाउन आफू तयार छु’ उनले भने ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित