रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

नेपाल निजामती कर्मचारी संगठन रोहीणीको अध्यक्षमा वुद्धिप्रसाद पन्त

बुटवल । नेपाल निजामती कर्मचारी संगठन रोहीणी पालिका समितिको अध्यक्षमा बुद्धिप्रसाद पन्त निर्वाचित भएका छन् । पन्तको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति समेत चयन भएको छ ।

जसको उपाध्यक्षमा ओमप्रकाश ठाकुर, महिला उपाध्यक्षमा धनकुमारी पाण्डे, सचिबमा आनन्दलाल कर्ण, सह सचिवमा ओमप्रकाश यादव, कोषाध्यक्षमा ताराप्रसाद गैरे चयन हुनुभएको संगठन रुपन्देहीका अध्यक्ष प्रेम प्रसाद खनालले जानकारी दिए ।

त्यस्तै संगठनको सदस्यहरुमा उदयराज अधिकारी, रामवृक्ष नाउँ, प्रयागराज शर्मा, गंगाप्रसाद लोनिया र सुनिता मल्लाह निर्विरोध निर्वाचित भएका छन् ।

नेपाल निजामती कर्मचारी संगठन रुपन्देहीका अध्यक्ष प्रेम प्रसाद खनालको अध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै संगठनका केन्द्रीय सचिवालय सदस्य काशिराम आचार्यले संगठनले सेवा प्रवाहलाई थप चुस्त दुरुष्त बनाउँदै कर्मचारीको हक र हितको लागि कानून सम्बत तरिकाले सामुहिक सौदावाजी गर्न भुमिका खेलेको बताए ।

संगठनका केन्द्रीय सदस्य एवं रुपन्देही ईन्चार्ज नारायण प्रसाद भण्डारीले संगठन सवै सेवा समूुह र सवै तहका सवै खाले कर्मचारीहरू माउ संगठन रुपमा स्थापित भएकोले सवैको असल अभिभावकको भुमिका निर्वाह गर्न सक्ने संगठनको रुपमा स्थापित हुँदै गएको बताए ।

त्यस्तै संगठन रुपन्देहीका अध्यक्ष खनालले कर्मचारीको क्षमता बिकासको लागी स्थानीय सरकारसँग सामुहिक पहल कदमी लिने र उर्जावान केन्द्रीय टिम भएको बताउँदै कर्मचारीको हकहितका साथै सेवा प्रवाहमा समेत संगठनले सधै अग्रपंक्तिमा रहेर काम गरिरहेको बताए ।

कार्यक्रममा बोल्दै नव निर्वाचित पालिका समितिका अध्यक्ष वुद्धिप्रसाद पन्तले सेवा प्रवाहलाई चुस्तदुरुस्त पार्दै कर्मचारी हकहितमा सदैव लाग्ने प्रतिवद्धता व्यक्त गरे ।

संगठन रुपन्देहीका सचिव जीवन पौडेलको संचालन कोषाध्यक्ष पदम थापाको स्वागतमा भएको कार्यक्रममा संगठनका जिल्ला सल्लाहकार भास्कर आत्रेय, जिल्ला सदस्य राजकुमार मिश्र, प्रेम बहादुर के.सी. लगायतले बोलेका थिए ।

निर्बाचित पदाधिकारी तथा सदस्यहरूलाई संगठनका केन्द्रीय सचिवालय सदस्य आचार्यले पद तथा गोपनियताको सपथ गराएका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित