मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

सिटिजन्स बैंक बुटवलका ६ जना कर्मचारीको शैक्षिक प्रमाण पत्र नक्कली, प्रहरी थाल्यो अनुसन्धान

नक्कली शैक्षिक प्रमाणपत्रबाट जागिर खाएको अभियोगमा प्रहरीले निजी क्षेत्रको एक बैंकका ६ कर्मचारीलाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा सिटिजन्स बैंकको रुपन्देहीमा कार्यरत कर्मचारी छन्।

पक्राउ पर्नेमा बुटवलको ड्राइभर टोल ब्रान्चकी मनिषा मास्के, मणिग्राम ब्रान्चकी गोमा ज्ञवाली, कालिका नगर ब्रान्चकी कल्पना खत्री र प्रतिक्षा रेग्मी तथा बुटवल ब्रान्चका खिमानन्द गौतम र दिपक विष्ट छन्।

बैंकले नै उनीहरूको शैक्षिक प्रमाणपत्र नक्कली रहेको बताएपछि पक्राउ गरेको परिसरका एसपी कुमोध ढुंगेलले जानकारी दिए। ‘उनीहरूको शैक्षिक प्रमाणपत्र नक्कली हो भन्ने जानकारी बैंकले दिएपछि हामीले पक्राउ गरेका हौं,’ उनले भने। प्रहरीले कर्मचारीलाई पक्राउ गरेर प्रमाणपत्रबारे अनुसन्धान अगाडि बढाएको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित