मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

बुटवल उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशन असोजमा

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको वार्षिक साधारण सभा तथा अधिवेशन असोजमा हुने भएको छ ।

संघको सोमबार बसेको कार्यसमितिको बैठकले संघको ७० औं वार्षिक साधारण सभा तथा २५ औं अधिवेशन आगामी असोजको १५, १६ र १७ गते गर्ने निर्णय गरिएको संघका महासचिव विमलराज भट्टराईले जानकारी दिए ।

संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले साधारण सभा तथा अधिवेशनको लागि कार्यसमिति सदस्य संयोजक रहेको विभिन्न तयारी समिति गठन गरिएको छ ।

अधिवेशन सम्पन्न गर्नको लागि संघका कानुनी परामर्शदाता अधिवक्ता बाबुराम पाण्डे संयोजक रहेको निर्वाचन समिति गठन गरिएको छ ।

साधारण सभामा पेस गर्ने प्रस्ताव लेखनको लागि प्रतिक पोखरेल संयोजक रहेको प्रस्ताव समिति, किट व्याग तथा रेजिष्ट्रसनमा प्रकाशकुमार श्रेष्ठ, सदस्यता मत सर्वेक्षणको लागि संजय कलवार जयसवाल, खना तथा जलपान समितिमा निर्मित कसजू, स्वागत तथा व्याच व्यवस्थापनमा जमुना पौडेल, निमन्त्रणा कार्ड व्यवस्थापनको लागि सुमोदमान सैंजू, हल तथा मञ्च व्यवस्थापनको लागि नरेशकुमार श्रेष्ठ संयोजक रहेको समिति गठन गरिएको हो ।

त्यस्तैगरी संघले प्रदान गर्ने आर्थिक पत्रकारिता पुरस्कार मुल्यांकनको लागि संघका सल्लाहकार तथा पूर्व अध्यक्ष निर्मलप्रसाद लाकौल र उत्कृष्ट उद्योगी व्यवसायी सम्मानको लागि सल्लाहकार तथा पूर्व अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको महासचिव भट्टराईले जानकारी दिए ।

ट्राफिक आईल्याण्ड पुनःनिर्माण गरिने

बैठकले बुटवल उद्योग वाणिज्य संघले स्वर्ण जयन्तीमा बुटवल बसपार्क अगाडि निर्माण गरिएको ट्राफिक आईल्याण्डलाई पुननिर्माण गर्ने निर्णय गरिएको छ । संघले २०६० सालमा स्वर्णजयन्ति मनाएको थियो । त्यस अवसरमा बुटवल बसपार्कबाट निस्किने र छेवैको बाटोको विचमा ट्राफिक आईल्याण्ड बनाएको थियो । अहिले यो ट्राफिक आईल्याण्ड जिर्ण भएको छ ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित