रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

तिस माइलमा पहिरो खस्दा बुटवल-पाल्पा सडक खण्ड अवरुद्ध

बुटवल । सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको छ ।

सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडक खण्ड अन्तर्गत तिनाउ गाउँपालिका वडा नम्बर ३ स्थित तिस माइलमा सडक माथिबाट पहिरो झरेको छ।

दोभान प्रहरी चौकीका प्रहरी नायब निरीक्षक कमल थापाले पहिरोका कारण गएराती १२ बजे देखि सडक अवरुद्ध भएको बताए।

पहिरो पन्छाएर अवरुद्ध सडक खुलाउने प्रयास भएपनी सडक खुलीनसकेको थापाले जानकारी दिए।

पहिरो सँगै सडकमा रुख ढलेर अवरुद्ध भएपछि बुटवल बाट पाल्पा, गुल्मी, पोखरा, स्याङ्जा, बाग्लुङ लगायतका जिल्ला जाने र बुटवल आउने सयौं सवारी साधन बीच बाटोमा रोकिएका छन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित