
बुटवल । सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको छ ।
सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडक खण्ड अन्तर्गत तिनाउ गाउँपालिका वडा नम्बर ३ स्थित तिस माइलमा सडक माथिबाट पहिरो झरेको छ।
दोभान प्रहरी चौकीका प्रहरी नायब निरीक्षक कमल थापाले पहिरोका कारण गएराती १२ बजे देखि सडक अवरुद्ध भएको बताए।
पहिरो पन्छाएर अवरुद्ध सडक खुलाउने प्रयास भएपनी सडक खुलीनसकेको थापाले जानकारी दिए।
पहिरो सँगै सडकमा रुख ढलेर अवरुद्ध भएपछि बुटवल बाट पाल्पा, गुल्मी, पोखरा, स्याङ्जा, बाग्लुङ लगायतका जिल्ला जाने र बुटवल आउने सयौं सवारी साधन बीच बाटोमा रोकिएका छन्।