काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी                
समाचार :

लुम्बिनी विकास कोषको सम्पर्क कार्यालय काठमाडौं लैजाने प्रस्ताव अगाडि बढ्दैन् – डा. ल्हारक्याल

लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष डा. ल्हारक्याल लामाले लुम्बिनी विकास कोषको सम्पर्क कार्यालय काठमाडौं लैजाने प्रस्ताव अगाडि नबढ्ने बताएका छन्।

उनी उपाध्यक्ष भएपछि शुक्रबार लुम्विनीमा बसेको पहिलो बैठकले लुम्बिनीको सम्पर्क कार्यालय काठमाण्डौंमा स्थापना गर्ने प्रक्रिया अगाडि बढाउन परिषद बैठकमा प्रस्ताव लैजाने निर्णय भएकाे थियाे । तर उक्त निर्णयको आलोचना भएपछि शनिबार साँझ विज्ञप्तिमार्फ उपाध्यक्ष लामाले त्याे प्रस्ताव अगाडि नबढ्ने जनाएका छन् ।

उनले याे प्रस्ताव यसअघि नै आएकाले छलफलमा लैजाने भनिएपनि स्थानीयकाे भावना विपरीत अगाडि नबढ्ने स्पष्ट पारेका छन् ।

शुक्रवारको पदाधिकारी बैठकले बिकास कोषको सम्पर्क कार्यालय काठमाण्डौमा स्थापना गर्ने निर्णय गर्दै उक्त निर्णय अनुमोदनका लागि आगामी कार्यकारिणी समिति वा परिषद् बैठकमा प्रस्ताव पेश गर्ने निर्णय गरेको थियो। याे प्रस्ताव आफ्नाे तर्फबाट नभई काेषकाे कर्मचारीबाटै आएकाे तर सबैकाे भावना अनुसार अब अगाडि नबढाउने उनलेे जनाएका छन् ।

उपाध्यक्ष लामाले शुक्रवार बसेको बैठकमा विकास कोषका कर्मचारीहरुबाट काठमाण्डौंमा सम्पर्क कार्यालय स्थापना गर्नुपर्ने प्रस्ताव आएपछि त्यसलाई आगामी कार्यकारिणी समिति वा परिषद् बैठकमा प्रस्ताव पेश गर्ने निर्णय मात्र गरिएको बताए।

‘बैठकमा कर्मचारीहरुबाट प्रस्ताव आएपछि आगामी बैठकमा प्रस्ताव गर्ने निर्णयमात्र गरिएको हो, काठमाडौंमा सम्पर्क कार्यालय स्थापना गर्ने विषयमै स्थानीयबाट विरोध हुन्छ भने त्यो निर्णयमाथि पुनर्विचार भएको हाे अब अगाडि बढ्दैन’ उपाध्यक्ष लामाले भनेका छन् ।

लामाले आफू बुद्धजन्मस्थल लुम्बिनीलाई विभाजन गर्न नभई बनाउन आएकोले लुम्बिनीका बासिन्दाको भावनामा ठेंस पुग्ने गरी कुनैपनि निर्णय नगर्ने बताए।

तत्कालीन पर्यटन संस्कृति तथा नागरिक उड्डयनमन्त्री आनन्द पोखरेलको पालामा काठामाडौंमा रहेको कोषको सम्पर्क कार्यालय हटाइएको थियो। पोखरेलले लुम्बिनी विकास कोषमा स्थानीयको पहुँच स्थापित गर्नुपर्ने स्थानीयको माग अनुसार नै काठमाडौंको सम्पर्क कार्यालय बन्द गर्ने निर्णय गरेका थिए।

तर यसअघि पर्यटन संस्कृति तथा नागरिक उड्डयनमन्त्री बनेका प्रेम आलेको निर्देशनमा सम्पर्क कार्यालय काठमाडौंमा स्थापना गर्ने निर्णय गरेर गुपचुप राखिएको थियो।

विकास कोषका एक कर्मचारीका अनुसार विकास कोषले सम्पर्क कार्यालय स्थापनाका लागि मन्त्रालयमा कोठा उपलब्ध गराउन दुईपटक पत्र पठाएपनि मन्त्रालयले कोठा उपलब्ध नगराएपछि उक्त निर्णय कार्यान्वयन हुन सकेको थिएन।

लुम्बिनी र रूपन्देहीका सबै व्यसायिक संस्था तथा विभिन्न राजनीतिक दलले लुम्बिनीको विकासका लागि बाहिर कार्यालय राख्न नहुने र त्यसाे गरिए आन्दाेलनमा जाने बताएका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित