दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

राष्ट्रिय युवा संघ बुटवल उपमहानगर कमिटीको अध्यक्षमा बोहोरा

बुटवल राष्ट्रिय युवा संघ बुटवल उपमहानगर कमिटीको शनिबार बुटवलमा सम्पन्न १८ औं नगर अधिवेशनले गणेशबोहोराको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको अधिवेशनले उपाध्यक्षमा विरु लामिछाने, सचिव राजेन्द्र थापा, सहसचिव थमन पुन विजय भुसाल तथा कोषाध्यक्ष कुशल थापा रहने गरी ३५ सदस्य कमिटी गठन गरेको हो

अधिवेशनको उद्घाटन सत्रमा बोल्दै राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष क्षितिज थेवेले मुलुकका हरेक आन्दोलनहरुमाराष्ट्रिय युवा संघले महत्वपूर्ण भूमिका खेल्दै आएको बताए युवा आन्दोलनको एक नेतृत्वदायी संगठन राष्ट्रिय युवासंघ भएको बताउँदै उनले धेरै कुराहरु प्राप्त गर्न सफल भएको उल्ले गरे नीति निर्माण राज्यको नेतृत्व गर्ने तहमाराज्यले अवसर प्रदान गर्नुपर्ने उनले बताए

युवाहरु आन्दोलनका लागि मात्रै होइन पार्टीको नेतृत्वतहमा समेत पुग्नेगरी काम गर्न आग्रह गरे पार्टी मुलुकलाईसही ढङ्गबाट अघि बढाउनका लागि युवा संघका सदस्यहरु नेतृत्व लिने गरी तयारीमा लाग्न उनले आग्रह गरेका हुन् संगठनलाई थप सुदृढ बनाउँदै रचनात्मक सशक्त ढङ्गले अगाडी बढाउनका लागि बैचारिक रुपमा समेत प्रशिक्षितहुँदै अघि बढ्नु पर्ने उनले बताए

नव निर्वाचित नेतृत्वलाई बधाई तथा शुभकामना व्यक्त गर्दै नेकपा एमाले रुपन्देहीजिल्ला अध्यक्ष तेजेन्द्र केसीले थप एकतावद्ध संगठित भएर काम गर्न आग्रह गरे

अधिवेशनको अवसरमा बोल्दै नेकपा एमाले रुपन्देही जिल्ला कमिटीका उपसचिव चित्रबहादुर केसी, सचिवालयसदस्य ऋषिराम पाण्डे, राष्ट्रिय युवा संघका महासचिव सुमन पुरी, नेकपा एमाले बुटवल नगर कमिटीका अध्यक्षकिशन ज्ञवाली, राष्ट्रिय युवा संघ रुपन्देहीका ईन्चार्ज नकुल शाही, युवा नेता अर्जुन पौडेल लगायतले युवाहरु अबराजनीतिक आन्दोलनमा मात्र नभई सिर्जनशिल कार्यमा समेत लाग्न आग्रह गरे यसैगरी राष्ट्रिय युवा संघ रुपन्देहीकाअध्यक्ष विकास बस्नेत लगायतले बोल्दै जिल्लाका अन्य पालिकाहरुमा समेत अधिवेशन सम्पन्न गरिने जानकारी दिए

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित