‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी? “जेनजी आन्दोलन”को पहिलो मागनै रोजगार थियो, अबको ध्यान त्यता केन्द्रित गर्छु : विष्णु पौडेल चौथो न्यू होराइजन कप अन्तर मावि जिल्ला स्तरीय छात्र भलिबल प्रतियोगिताको उपाधि आयोजकलाई स्पेल–बी च्याम्पियनसिपको उपाधि बुटवलको कान्ति माविलाई प्यारामाउन्ट बोर्डिङ हाई स्कुलमा खेल सप्ताह जारी गुल्मी छत्रकोट–खज्र्याङग रुपन्देही सम्पर्क समाजको आयोजनामा रक्तदान सम्पन्न सार्वजनिक विदाको दिन पनि राजश्व कार्यालय बुटवल खुल्ला लुम्बिनी मात्र हैन, यस्तो छन् लुकेका ठाउँ, गौतम बुद्धले नेपालभित्र समय बिताएको ठाउँ (Video)                
समाचार :

रुपन्देहीमा २१७ साना उद्योग बन्द, उद्याेगी भन्छन्- लोडसेडिङ, मन्दी र बैंक ब्याज मुख्य कारण

रुपन्देहीमा एक बर्षको अवधिमा २१७ उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय भैरहवा रुपन्देहीका अनुसार बन्द भएका उद्योग साना उद्योग हुन ।

घरेलु तथा साना उद्योग कार्यालय भैरहवाका सूचना अधिकारी नेत्रप्रसाद भुसालले गत आर्थिक वर्ष २०७९÷०८० मा उत्पादनमूलक उद्योग ८४, कृषि तथा वनजन्य उद्योग १९, सेवामूलक उद्योग ६३ र पर्यटन उद्योग ५१ वटा बन्द भएको बताए ।
घरेलु अन्तर्गत करिब १ हजार ३० उद्योग दर्ता छन् ।

लोडसेडिङ, बढ्दो आर्थिकमन्दी, बैंकको चर्को ब्याजदरजस्ता कारणले उद्योग बन्द गर्नुपरेको उद्योगीको भनाइ छ ।

रुपन्देही उद्योग सङ्घका अध्यक्ष माधव पौडेलले औद्योगिक क्षेत्रका रूपमा चिनिएको रुपन्देहीमा एक वर्षमै दुई सयभन्दा धेरै उद्योग बन्द हुँदा यसले यहाँका उद्योगीको अवस्था खराब रहेको स्पष्ट भएको बताए ।

उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य तथा बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष उज्ज्वल कसजुले रुपन्देहीमा सेवामूलक उद्योग बन्द हुनुमा विमानस्थल पूर्णरूपमा सञ्चालन हुन नसक्नु, कर्जाको ब्याज र बजारिकरणको समस्या रहेको बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित