रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

मायादेवी मन्दिरको जीर्णोद्वार गर्न ल्हारक्याल लामाले ७ करोड सहयोग गर्ने

लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष डा.ल्हारक्याल लामाले मायादेवी मन्दिर जीर्णोद्धारका लागि व्यक्तिगत  सात करोड उपलब्ध गराउने भएका छन् ।

मन्दिरको जीर्णोद्धारका लागि सुरुवाती कोष स्थापनाका लागि नवनियुक्त उपाध्यक्ष सो रकम उपलब्ध गराउने निर्णय उनले गरेका छन् ।

कोषको शुक्रबार बसेको सचिवालय बैठकले बुद्धको पवित्र जन्मस्थल मायादेवि मन्दिरमा आएका विविध समस्या समाधान गर्नका लागि नेपाल सरकारको सहयोग विना दाताहरुको सहयोगमा कोष स्थापना गर्ने गरि कार्यकारिणी वा परिषद बैठकमा प्रस्ताव पेश गर्ने निर्णय गरेको हो।

उपाध्यक्ष लामाले विश्वका बौद्धमार्गीहरुको आस्थाको धरोहर बुद्धजन्मस्थल लुम्बिनी रहेको र मायादेवी मन्दिर त्यसको इतिहास भएकाले यसको संरक्षणका लागि जिर्णोद्धार गर्न प्रस्ताव गरेका थिए ।

उपाध्यक्ष लामाको प्रस्तावबमोजिम कोषको कार्यकारी वा परिषद बैठकले सो प्रस्ताव अर्को बैठकमा पेश गरी स्वीकृत भएपछि मायादेवी मन्दिर जीर्णोद्धार कोष खडा गर्ने निर्णय भएको छ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित