श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह                
समाचार :

मायादेवी मन्दिरको जीर्णोद्वार गर्न ल्हारक्याल लामाले ७ करोड सहयोग गर्ने

लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष डा.ल्हारक्याल लामाले मायादेवी मन्दिर जीर्णोद्धारका लागि व्यक्तिगत  सात करोड उपलब्ध गराउने भएका छन् ।

मन्दिरको जीर्णोद्धारका लागि सुरुवाती कोष स्थापनाका लागि नवनियुक्त उपाध्यक्ष सो रकम उपलब्ध गराउने निर्णय उनले गरेका छन् ।

कोषको शुक्रबार बसेको सचिवालय बैठकले बुद्धको पवित्र जन्मस्थल मायादेवि मन्दिरमा आएका विविध समस्या समाधान गर्नका लागि नेपाल सरकारको सहयोग विना दाताहरुको सहयोगमा कोष स्थापना गर्ने गरि कार्यकारिणी वा परिषद बैठकमा प्रस्ताव पेश गर्ने निर्णय गरेको हो।

उपाध्यक्ष लामाले विश्वका बौद्धमार्गीहरुको आस्थाको धरोहर बुद्धजन्मस्थल लुम्बिनी रहेको र मायादेवी मन्दिर त्यसको इतिहास भएकाले यसको संरक्षणका लागि जिर्णोद्धार गर्न प्रस्ताव गरेका थिए ।

उपाध्यक्ष लामाको प्रस्तावबमोजिम कोषको कार्यकारी वा परिषद बैठकले सो प्रस्ताव अर्को बैठकमा पेश गरी स्वीकृत भएपछि मायादेवी मन्दिर जीर्णोद्धार कोष खडा गर्ने निर्णय भएको छ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित