लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

पाल्पामा लागुऔषध सहित २४ वर्षीय कमल खड्का प्रकाउ

बुटवल । पाल्पामा लागुऔषध सहित एक जना प्रकाउ परेका छन् । प्रकाउ पर्नेमा पाल्पाको तानसेन नगरपालिका २ नारायणस्थामा डेरा गरी बस्ने सर्लाही ईश्वरपूर नगरपालिका १२ स्थायी घर भएका २४ वर्षीय कमल कुमार खड्का रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता वीरेन्द्र थापाले बताए ।

प्रहरीले उनलाई आफ्नै कोठा भित्र लागुऔषध लुकाई छिपाई राखी बेच बिखन समेत गर्ने गरेको गोप्य सुचनाका आधारमा प्रकाउ गरेको हो । उनको कोठामा गई खोजतलासी गर्ने क्रममा डाईजेपाम, फेनारगन र आईपिपिएल टालजेसिक लेखेको लागु ओषध जस्तो देखिने एम्पुल १ १ वटा गरी ३ वटा बनाई टेपले बाँधी राखेको अवस्थामा डाईजेपाम ३१ एम्पुल, फेनारगन ३१ एम्पुल र आईपिपिएल टालजेसिक ३१ एम्पुल गरी जम्मा ९३ एम्पुल लागुऔषध बरामद गरिएको प्रहरी प्रवक्ता थापाले बताए ।

कोठाको खाँटमुनी लुकाई राखेको अवस्थामा सिरिन्ज निडल सहितको १५ थान र निडल ११ थान, फुटेको एम्पुल ८ थान पनि बरामद गरिएको उनले बताए । उनलाई जिल्ला प्रहरी कार्यालय पाल्पामा ल्याई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित