श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह                
समाचार :

पाल्पामा लागुऔषध सहित २४ वर्षीय कमल खड्का प्रकाउ

बुटवल । पाल्पामा लागुऔषध सहित एक जना प्रकाउ परेका छन् । प्रकाउ पर्नेमा पाल्पाको तानसेन नगरपालिका २ नारायणस्थामा डेरा गरी बस्ने सर्लाही ईश्वरपूर नगरपालिका १२ स्थायी घर भएका २४ वर्षीय कमल कुमार खड्का रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता वीरेन्द्र थापाले बताए ।

प्रहरीले उनलाई आफ्नै कोठा भित्र लागुऔषध लुकाई छिपाई राखी बेच बिखन समेत गर्ने गरेको गोप्य सुचनाका आधारमा प्रकाउ गरेको हो । उनको कोठामा गई खोजतलासी गर्ने क्रममा डाईजेपाम, फेनारगन र आईपिपिएल टालजेसिक लेखेको लागु ओषध जस्तो देखिने एम्पुल १ १ वटा गरी ३ वटा बनाई टेपले बाँधी राखेको अवस्थामा डाईजेपाम ३१ एम्पुल, फेनारगन ३१ एम्पुल र आईपिपिएल टालजेसिक ३१ एम्पुल गरी जम्मा ९३ एम्पुल लागुऔषध बरामद गरिएको प्रहरी प्रवक्ता थापाले बताए ।

कोठाको खाँटमुनी लुकाई राखेको अवस्थामा सिरिन्ज निडल सहितको १५ थान र निडल ११ थान, फुटेको एम्पुल ८ थान पनि बरामद गरिएको उनले बताए । उनलाई जिल्ला प्रहरी कार्यालय पाल्पामा ल्याई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित