मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

एभरेष्टमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

बुटवल । बुटवल–८ सुख्खानगरमा अवस्थित एभरेष्ट इ.बो. स्कुलमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।

कक्षा ११ र १२ मा वित्तशास्त्र विषय अध्ययन गर्ने विद्यार्थीहरुलाई लक्षित गरी ‘वित्तीय साक्षरता कार्यक्रम’ गरिएको हो ।

विद्यालयका उप प्राचार्य उमेश रेग्मीको सभापतित्व, प्राचार्य कृष्ण न्यौपानेको प्रमुख आतिथ्य र सह प्राचार्य भीमसेन गौतमको आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख प्रशिक्षकमा कुमारी बैंक सुनवलका शाखा प्रबन्धक विनोदचन्द्र खनालले बैंक तथा वित्तीय कारोवार, अभिलेखिकरण, विलभौचर, विलविजक लगायत बैंकिङ प्रणालीका विषयमा विद्यार्थीहरुलाई जानकारी गराएका थिए ।

छात्रछात्रामा वित्तसम्बन्धी विविध जानकारी गराउँदै वित्तीय साक्षरता अभिवृद्वि गराउने उद्देश्य राखिएको उक्त कार्यक्रमको सहजीकरण वित्तशास्त्र शिक्षक निशानबाबु कार्कीले गरेका थिए ।

त्यसैगरी कक्षा ११ को कम्प्युटर विषयमा अध्ययनरत छात्रछात्रालाई लक्षित गरी कम्प्युटरसम्वन्धी समूह प्रस्तुतीकरण कार्यक्रम पनि गरिएको छ ।

कक्षा ११ मा अध्ययनरत कम्प्युटर विषयका छात्रछात्रालाई विभिन्न समूहमा वर्गीकरण गरी सञ्चालन गरिएको उक्त कार्यक्रममा प्रत्येक समूहका छात्रछात्राले अलग अलग विषयमा प्रस्तुतीकरण गरेको विद्यालयका कम्प्युटर विषय शिक्षक राजीव बेल्वासेले जानकारी दिए।

यसैबीच कक्षा १२ को होटल व्यवस्थापन विषयमा अध्ययनरत छात्रछात्रालाई होटल ब्यवस्थापन सम्वन्धि भैरहवामा अवस्थित सिद्धार्थ भिलासा होटलको अवलोकन भ्रमण गराइएको छ ।

होटलसम्वन्धी विविध जानकारी गराउने उद्देश्यले आयोजित उक्त कार्यक्रम शिक्षकद्वय सरोज राना र प्रारम्भ न्यौपानेको नेतृत्वमा सम्पन्न भएको हो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित