रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

लुम्बिनीमा विपद् सम्बन्धी तालिम, प्रतिकार्यमा जुट्न मेयर मुसलमानको आग्रह

रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा विपद् जोखिम न्यनिकरण तथा जलवायु परिर्वतन सम्बन्धी तालिम सम्पन्न भएको छ ।

विकास तथा प्रकोप व्यवस्थापन केन्द्र नेपालको आयोजनामा भएको ३ दिने तालिममा बोल्दै लुम्बिनी साँस्कृतिक नगरपालिकाका मेयर सजरुद्धीन मुसलमानले विपद् जतिबेला पनि आउन सक्ने भएकाले यसको पुर्वतयारी गर्नुपर्ने बताए।

सामान्यता बाढि,आगोलागी,पहिरो,भुकम्प,चट्टान आदि पर्ने हुँदा सो घटनाबाट बच्नका लागी सावधानी अपनाउने र उद्धारका लागी तयार अवस्थामा बस्नुपर्ने कुरामा बढि जोड मेयर मुसलमानले दिए ।

विपद्ले भय निम्ताउने बताउँदै यसको रोकथाम र उद्धारका लागी प्रतिकार्य तालिमले महत्वपुर्ण भुमिका खेल्ने बताए । विपद्ले मानवीय तथा भौतिक क्षति भैरहेको समाचार अखवरमा आईरहेको बताउँदै लुम्बिनीमा जोखिम हुनबाट बच्नका लागी प्रतिकार्य सचेतनामुलक तालिमले महत्वपुर्ण भुमिका खेलेको उल्लेख गरे ।

विपद् परेको बेला उद्धारका लागी नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलाई उद्धार सामाग्री समेत प्रदान गर्दै आएको र यो तालिमबाट सिकेका कुरालाई व्यवहारमा उर्तान्ुपर्ने मेयर मुसलमानले औँल्याउदै आगामी दिनमा समेत नगरपालिकाले विपद्जन्य कार्यक्रम गर्दै जाने बताए ।

कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिकाका केही वडाअध्यक्ष,नगरपालिकाका विपद् शाखा प्रमुख शेषराम यादव लगायतको आतिथ्यता रहेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित