
रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा विपद् जोखिम न्यनिकरण तथा जलवायु परिर्वतन सम्बन्धी तालिम सम्पन्न भएको छ ।
विकास तथा प्रकोप व्यवस्थापन केन्द्र नेपालको आयोजनामा भएको ३ दिने तालिममा बोल्दै लुम्बिनी साँस्कृतिक नगरपालिकाका मेयर सजरुद्धीन मुसलमानले विपद् जतिबेला पनि आउन सक्ने भएकाले यसको पुर्वतयारी गर्नुपर्ने बताए।
सामान्यता बाढि,आगोलागी,पहिरो,भुकम्प,चट्टान आदि पर्ने हुँदा सो घटनाबाट बच्नका लागी सावधानी अपनाउने र उद्धारका लागी तयार अवस्थामा बस्नुपर्ने कुरामा बढि जोड मेयर मुसलमानले दिए ।
विपद्ले भय निम्ताउने बताउँदै यसको रोकथाम र उद्धारका लागी प्रतिकार्य तालिमले महत्वपुर्ण भुमिका खेल्ने बताए । विपद्ले मानवीय तथा भौतिक क्षति भैरहेको समाचार अखवरमा आईरहेको बताउँदै लुम्बिनीमा जोखिम हुनबाट बच्नका लागी प्रतिकार्य सचेतनामुलक तालिमले महत्वपुर्ण भुमिका खेलेको उल्लेख गरे ।
विपद् परेको बेला उद्धारका लागी नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलाई उद्धार सामाग्री समेत प्रदान गर्दै आएको र यो तालिमबाट सिकेका कुरालाई व्यवहारमा उर्तान्ुपर्ने मेयर मुसलमानले औँल्याउदै आगामी दिनमा समेत नगरपालिकाले विपद्जन्य कार्यक्रम गर्दै जाने बताए ।
कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिकाका केही वडाअध्यक्ष,नगरपालिकाका विपद् शाखा प्रमुख शेषराम यादव लगायतको आतिथ्यता रहेको थियो ।