श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह                
समाचार :

लुम्बिनीको इज्जत जाने कुनै काम गर्ने छैन : डा. ल्हारक्याल

  • लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष लामाद्धारा पदभारग्रहण
  • नवनियुक्त लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ)ले विहिबार पदभार ग्रहण गरेका छन् । बुद्धजन्मस्थल लुम्बिनी स्थित कोषको प्रधान कार्यालयमा नवनियुक्त उपाध्यक्ष लामाले पदभारग्रहण गरी औपचारीक रुपमा कार्यभार समालेका हुन ।
    उनलाई कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण), सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राई लगायतले खादा ओढाएर कार्यालयमा स्वागत गरे । उपाध्यक्ष लामाले बुद्धजन्मस्थल लुम्बिनीबाट ७ किमि दक्षिण निपनिया स्थित दानव नदी किनारमा बाढीको जोखिममा रहेको कुषाणकालिन इट्टाले बनेको इनारको उद्धार संरक्षण उत्खनन गर्ने निर्णय सदर गरेका छन् । पदभारग्रहण अघि कोषका तर्फबाट आयोजित स्वागत कार्यक्रममा बोल्दै लुम्बिनीको गरिमालाई उच्चो राख्दै काम गर्ने प्रतिबद्धता जनाए । उनले गौतम बुद्ध र मायादेवीलाई साक्षी राखेर लुम्बिनी जस्तो पवित्र ठाउँको बदनाम नगर्ने बताए ।
    उनले आफू लामो समयदेखि बुद्धमार्गमा हिड्दै बुद्धकै सन्देश फैलाउने काम गरेको बताउँदै उपाध्यक्षको भूमिकामा रहदा लुम्बिनीलाई अन्तर्राष्ट्रिय स्तरसम्म प्रचार गर्ने बताए । उनले बुद्धजन्मस्थलाई विश्वले नै श्रद्धाका साथ हेर्ने थलो भएकाले यसको गरिमा बढाउने गरि काम गर्न आफू पदाधिकारी, कर्मचारी र स्थानीयहरुसँग हातेमालो गरेर अगाडि बढ्ने बताए । उनले आफ्नो बुद्धि, विवेक र क्षमताले भ्याएसम्म कुनै पनि प्रकारको गलत काम नगर्ने बताए । ‘मान्छे हो, कहिलेकाँही बुझाईमा समस्या हुनसक्ला तर, मेरो बुद्धि विवेकले भ्याएसम्म लुम्बिनीको इज्जत जाने कुनै काम गर्ने छैन, व्यक्तिगत लाभ लिने काम गर्नेछैन’ उनले भने ।
    उपाध्यक्ष लामाले विश्वमा मानव रहदासम्म बुद्ध र लुम्बिनीको महत्व रहने बताउँदै विश्वभरका पर्यटकलाई लुम्बिनी ल्याउने वातावरणका लागि आफूले हालसम्म प्राप्त गरेको अनुभवहरु प्रयोग गर्ने बताए । उनले लुम्बिनीलाई पवित्र स्थलका रुपमा परिचित बनाउने गरि काम गर्नका लागि पदाधिकारी, कर्मचारी, स्थानीयहरुसँग हातेमालो गरेर अगाडि बढ्ने बताए ।

    स्वागत कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले बौद्धदर्शमा विद्यावारिधी गरेका अनुभवी व्यक्तिलाई उपाध्यक्षका रुपमा पाएको बताउँदै लुम्बिनी बनाउने काममा सबै एकजुट भएर लाग्नुपर्ने बताए । उनले भाषण भन्दा लुम्बिनीका बाँकी गुरुयोजना, लुम्बिनीलाई विश्वभका बौद्धधर्माम्बलम्बीहरुको आस्थाको केन्द्रका रुपमा विकास गर्न काम गरेर नतिजा दिनुपर्ने बताए ।

    कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता एंव पूर्वमन्त्री वकिल मुसलमानले डा. ल्हारकाल लामा काम गर्ने व्यक्ति भएको बताउँदै काम गर्ने वातावरण बनाउनुपर्ने बताए ।
    कोषका सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनीको कार्यक्षेत्र ठूलो रहेको र सिमति साधन श्रोतबाट काम भइरहेकाले अब बाँकी कामहरु न्वनियुक्त उपाध्यक्षको नेतृत्वमा हुने विश्वास लिए । नवनियुक्त लामाको स्वागतमा लुम्बिनी विकास कोषका पदाधिकारी सहित बोर्ड सदस्य, परिषद सदस्य, कर्मचारी र केहि स्थानीयहरुको समेत उपस्थिती रहेको थियो ।

    यसअघिका उपाध्यक्ष भिक्षु मैत्तय (अवधेश त्रिपाठी)को कार्यकाल साउन ९ गते सकिएपछि प्रचण्ड नेतृत्वको सरकारले साउन १६ गते  डा.लामालाई उपाध्यक्षका रुपमा नियुक्त गरेको हो । पूर्व राज्यमन्त्री, संविधानसभा सदस्य समेत रहेका  डा. लामा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य छन् ।

    को हुन लामा
    नवनियुक्त लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) को जन्म सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर १ मा वुवा पासाङ फुर्बा र आमा नोर्बु रानीको कोखबाट १० औं कान्छो सन्तानका रुपमा भएको थियो।  डा. लामाले बाल्यकाल शिक्षा जन्मस्थान हेलम्बु र त्यसपछि काठमाडौं बौद्धमा आर्जन गरे ।
    भगवान गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको भनेर अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनहरुमा बताउँदै आएका छन । बौद्ध दर्शनमा विद्यावारिधी (पिएचडी) गर्नुभएका लामासँग अर्थराज्यमन्त्री भएर देशको राजकाज चलाएको अनुवभ छ । यसका साथै संविधानसभा सदस्य भएर संविधान निर्माणमा पनि लामाको योगदान छ ।
    डा.लामालाई तत्कालीन कांग्रेस सभापति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले स्थानीय विकास मन्त्रालयअन्तर्गत गुम्बा व्यवस्था विकास समिति (२०५७–२०६३) को अध्यक्ष नियुक्त गरेको थियो ।
    डा. लामाले आफ्नो कार्यकालमा ७५ वटै जिल्लामा विदेशी धर्मको प्रभाव रोकथाम तथा बौद्धमार्गीमा जागरण ल्याउँदै बुद्धका उपदेश अभियान चलाएका थिए । २०५७ सालसम्म देशभर २५० गुम्बा दर्ता भएकोमा उनको कार्यकाल सकिने बेलासम्म ३ हजार गुम्बा दर्ता गरी राज्यको छाताभित्र ल्याउन सफल भएका थिए ।
    २०६१ सालमा उनले गुम्बा व्यवस्था विकास समितिको अध्यक्षकै हैसियतमा तत्कालीन राजा ज्ञानेन्द्रलाई अभिषेक आशीर्वाद समेत प्राप्त गरेका थिए ।  डा.ल्हारक्याल लामा बौद्ध धर्मसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय फोरमहरुमा आबद्ध छन । सन् २०१२ देखि निरन्तर अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन (आईबीसी)को स्थायी कमिटीमा रहेका डा.लामा सन् २०१६ देखि हालसम्म आईबीसीको सचिव निर्वाचित भई कार्यभार सम्हालेका छन ।

    तिनाउ न्युज

    तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार

    साताको चर्चित