रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

कपाल र छाला स्याहार्ने अन्तर्राष्ट्रिय इसेन्सियल तेलहरू नेपाली बजारमा

काठमाडौँ : स्किन केयर इसेन्सियल प्रालीले विभिन्न इसेन्सियल तेलहरूको बिक्री वितरण सुरु गरेको छ।

कम्पनीले छाला तथा कपालको हेरचाह, मसाल लगायतमा प्रयोग हुने रोज हिप, जोजोवा, लेमन ग्रास, पुचोली, फ्रंग्किन्सेंस, टी ट्री , लाभेनडर , आर्गन एसेन्सियल्स तेलको विक्री सुरु गरेको हो।

विश्वको विभिन्न देशबाट आयात गरिएको उच्च गुणस्तरको ती तेलहरू ३० मिलिलिटरको एम्बर बोतलमा बजारमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ। छाला तथा कपालको हेरचाहमा यस्ता तेलहरू प्रभावकारी देखिएका छन्।

यस्ता तेलहरू प्राकृतिक र अर्ग्यानिक भएकाले छाला तथा कपालको हेरचाहमा यसको प्रयोग बढ्दोक्रममा रहेको छ।

कस्मेटिक्सको जथाभाबी प्रयोग र न्यून गुणस्तरको कस्मेटिक्सको प्रयोगले हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै नयाँ पीढीहरूले कस्मेटिक्सको सीमित प्रयोग गर्न एसेन्सियल्स तेल सुरक्षित मानिन्छ।

एसेन्सियल्स तेलहरू छाला तथा कपालको हेरचाहसँगै मसाज गर्न समेत उपयुक्त मानिन्छ।

सामान्य खत सफा गर्न, चायाँ पोतो सफा गर्न, डन्डीफोरको उपचारमा समेत एसेन्सियल्स तेलहरू प्रयोग भइरहेको देखिन्छ। सुगन्धित बिरुवाहरूबाट निकालिएको इसेंसियल तेलहरू प्राकृतिक एन्टी डिप्रेसन, दुखाइ कम गर्ने, मुड र प्रतिरक्षा बुस्टर समेत हुन्।

अत्यावश्यक तेलहरूले राम्रो सुगन्ध दिन्छ, तनाव कम गर्दछ, फंगल सङ्क्रमणको उपचार गर्दछ र निन्द्रा ल्याउन समेत सघाउने कम्पनीले जानकारी दिएको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित