दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

अधुरा योजनाको पूर्णता र मानवीय विकासका लागि एमालेलाई जिताऔं– नेता गिरी

बुटवल कार्तिक ।
अधुरा योजनाको पूर्णतासंगै भौतिक र मानवीय विकास गर्न मतदाताले उम्मेदवारलाई आग्रह गरेका छन् । स्थानीयस्तरमा भएका समस्याहरुको दिगो समधान गर्न पनि उनीहरुले उम्मेदवारलाई आग्रह गरे ।

शनिबार तिलोत्तमा नगरपालिका वडा नं. ३ मा भएको घरदैलो कार्यक्रममा रुपन्देही क्षेत्र नं .१ (१) का उम्मेदवार लिला गिरीसंग मतदाताले भौतिक विकास र मानवीय विकासलाई प्राथमिकतामा राखेर योजना बनाउन आग्रह गरे ।

स्थायी सरकार निर्माणसंगै समृद्ध नेपालका लागि एमाले नेतृत्वको सरकार आवश्यक रहेको मतदाताको भनाइ थियो । उनीहरुले सडक निर्माण, नाली तथा ढलको निकास, स्वास्थ्य र शिक्षामा नयाँ आयम ल्याउने गरी काम गर्नसमेत उम्मेदवार गिरीलाई मतदाताको आग्रह थियो ।

मतदाताको सुझाव लिदै घरदैलोमा पुग्दा मतदातामा उत्साह देखिन्थ्यो ।

मतदाताको सुझावपछि नेता गिरीले एमाले सरकारमा रहँदा वा नरहँदा जनताको पक्षमा सधै रहेको बताउँदै एमाले नेतृत्वको सरकार निर्माणपछि देशमा सुशासन, आर्थिक समृद्धिको नयाँ बाटो तय हुने बताए । साथै उनले स्थानीय तहमा हुने गरेका समस्याहरुलाई सरकार निर्माण हुन साथ सुरु गर्ने बताए ।

उनले तिलोत्तमा वडा नंं ३ लाई सडक सञ्जालमा विस्तार गर्न योजना बनाएर अघि बढ्ने प्रतिबद्धतासमेत जनाए । उनले सो क्षेत्रमा अहिले पनि अव्यवस्थित, सुकुम्बासीहरुको समस्या रहेको बताउँदै त्यसको समधान एमालेले पहिलो प्राथमिकतामा राखेर गर्ने बताए ।

एमाले नेतृत्वको सरकार भुमि आयोग गठन गरेर लालपूर्जा वितरण गर्नै लाग्दा सरकारबाट बाहिरिनुपरेको उल्लेख गर्दै उनले सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको समस्या एमालेले मात्र पूरा गर्ने बताए ।

पुर्वमन्त्रीसमेत रहेका गिरीले तिलोत्तमा वडा नं. ३ मा खेलपूर्वाधार निर्माणलाई पनि प्राथमिकतामा राखेर योजना अघि बढाउने बताए । ‘हामीले तत्काल गर्नसक्ने कामलाई पहिलो प्राथमिकतामा राख्नेछौ । त्यसपछि क्रमस ड्रिम योजनाहरु निर्माण हुनेछन् । त्यसपछि विकासले कायापलट हुनेछ ।’ उनले भने ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित