रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

युवा संघ रुपन्देहीको एक महिने बृक्षारोपण तथा डेगु रोग नियन्त्रण अभियान सुरु

बुटवल । राष्ट्रिय युवा सघ नेपाल रुपन्देही जिल्ला कमिटिले एक महिने बृक्षारोपण अभियान तथा एक हप्ते डेंगु रोग बिरुद्धको सचेतना अभियानको शुभारम्भ गरेको छ ।

बुटबलको बडा न ११ र १७ मा पर्ने सृजनानगरको बिभुती पार्क बाट करिब दुई सय पचास बिरुवाहरु बृक्षारोपण गरी अभियानको शुभारम्भ गरिएको हो । त्यस्तै सोहि ठाउंबाट एक हप्ते डेगु बिरुद्धको सचेतना अभियान पनि सुरु गरिएको छ ।

दुवै अभियानको एक कार्यक्रमका बीच कार्यक्रम नेकपा एमालेका केन्द्रीय पोलिट ब्युरो सदस्य दधिराम शर्माले शुभारम्भ गरे।

सो अवसरमा उनले अहिले नेकपा एमाले ०८४ मा हुने आसन्न निर्वाचत लक्षित कार्यक्रमहरु देशका ७५३ वटै पालिकामा सुरु गरेको बताए । सोही अनुसार टोल, पालिका, जिल्ला र प्रदेशमा विभिन्न रचनात्मक सामाजिक कार्य संगै कार्यकर्ता निर्देशित कार्यक्रमहरु भइरहेको बताए ।

उनले ०८४ को निर्वाचनमा संघ, प्रदेश र स्थानिय तहमा बहुमत ल्याउने गरी एमालेले विभिन्न कार्यक्रम बनाएको बताए । साथै उनले राष्ट्रिय युवा सघ नेपाल रुपन्देहीले सामाजिक सचेतनाका कार्यक्रमहरु गर्दै समाज रुपान्तरणमा लागेको भन्दै अझै रचनात्मक काम गर्न आग्रह गरे ।

कार्यक्रममा बोल्दै जिल्ला युवा संघ रुपन्देहीका अध्यक्ष बिकास बस्नेतले राष्ट्रिय युवा सघ नेपालको केन्द्रीय सर्कुलर अनुसार बृक्षारोपण कार्यक्रम गरेको बताए । उनले एक हप्ते डेंगु अभियान जिल्लाका १६ वटै पालिकामा गरिने बताए ।

कार्यक्रम राष्ट्रिय युवा सघका केन्द्रीय सदस्य मनोज गौचन, केन्द्रीय सदस्य कल्पना पाण्डे मगर, किरण नेपाल पन्चमी रेग्मी, नेकपा एमाले प्रदेश कमिटि सदस्य बाबुराम भट्टराई, नेकपा एमाले जिल्ला सदस्य नकुल शाहि ठकुरी, जिल्ला उपाध्यक्ष दिपक खडगी, सचिव दिपेस कंडेल, सह सचिव नवराज थापा, लगायतले बोलेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित