रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

एक्सपोर्ट एजुकेशनको २० औ वार्षिकोत्सवको अवसरमा विशेष रक्तदान कार्यक्रम सम्पन्न

एक्सपोर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको २० औ वार्षिकोत्सवको अवसरमा विशेष रक्तदान कार्यक्रम गरिएको छ । विदेश अध्ययनमा जाने युवाहरुलाई परामर्शको सेवा दिंदै आएको एक्सपर्टले सामाजिक उत्तरदायित्व अन्तर्गत बुटवल राजमार्ग चौराहा शाखामा रक्तदान कार्यक्रम गरेको हो ।

नेपाल रेडक्रस सोसाइटी, रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोग तथा नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीको सहकार्यमा भएको कार्यक्रममा ३५ युनिट रगत संकलन भएको छ ।

कार्यक्रमको एक समारोहका बीच नेपाल स्वयंसेवी रक्तदाता समाज, रुपन्देहीका अध्यक्ष कृष्ण चौहानले एक्सपर्ट नेपाल भिसा सर्भिसेज प्रालिका प्रमुख कार्यकारी अधिकृत रोशन कंडेललाई ब्लड ब्याग हस्तान्तरण गरी उदघाटन गरे ।

समाजका अध्यक्ष चौहानले रगत अभावलाई रोक्न ब्यावसायिक संघसस्थाहरुसंग सहकार्य महत्वपूर्ण हुने बताए ।

एक्सपर्ट नेपाल भिसा सर्भिसेज प्रालिका प्रमुख कार्यकारी अधिकृत रोशन कंडेल

सबैजसो कर्पोरेट हाउसहरु कर्पोरेट सोसिल रेस्पोसबिलिटि अन्तर्गत रक्तदान कार्यक्रमलाई प्राथमिकता दिनसके यसबाट रगत संकलनमा बढावा मिल्ने बताए ।

रगत अभावमा छटपटिएका बिरामीहरुलाई रगत उपलब्ध गराउने काम सबैभन्दा पुण्य काम भएको भन्दै यसमा सबैको साथ जरुरी रहेको उनले बताए । अब रक्त अभियानमा नया प्रविधि ल्याउन जरुरी रहेको उनले बताए ।

कार्यक्रममा कंडेलले एक्सपर्टबाट आफ्ना सबै शाखाहरुमा रक्तदान कार्यक्रम गरिएको बताए । सामाजिक उत्तरदायित्व अन्तर्गत खेलकुद, वृद्धाश्रम लगायतमा सहयोग गर्दै आएको छ । एक्सपर्टमार्फत अष्ट्रेलिया, अमेरिका, क्यानाडा, युके अध्ययनमा जाने युवाहरुलाई परामर्शदाता दिने नभई राज्यको लागि योगदान दिने गरी काम गर्दै आएको उनले बताए । शाखामा ४० जना रोजगार पाएका छन् । एक्सपर्टका ४१ देशमा परामर्श शाखा रहेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित