निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

बुटवल नगर खेलकुद विकास समितिको संयोजकमा पिया

बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समितिको संयोजकमा वोनिन पिया मनोनित भएका छन् ।

नगर खेलकुद विकास समिति सञ्चालन कार्यविधि २०७५ बमोजिम बुटवल ८ निवासी पियालाई नगर प्रमुख खेलराज पाण्डेयले संयोजकमा मनोनित गरेका हुन ।

विगतमा सितारियो कराँते, तेक्वान्दो, फुटबल र ब्याडमिन्टनजस्ता खेल प्रतियोगितामा क्रियाशील पियालाई खेलकुद विकास समितिको संयोजकमा मनोनित गर्दै नगर प्रमुख पाण्डेयले बुटवललाई खेलकुदका क्षेत्रमा अग्रणी नगर बनाउने जिम्मेवारी पूरा गर्न आग्रह गरे ।

उनले बुटवलबाट खेलाडी उत्पादन गर्नका लागि चालु आर्थिक वर्षमा नगरभित्रका विद्यालयस्तरीय फुटबल प्रतियोगिता आयोजना गर्ने र आगामी दिनमा अरु खेलकुदका प्रतियोगिताहरु सञ्चालन गरी खेलाडी उत्पादनमा जोड दिनुपर्ने बताए ।

संयोजकमा मनोनित भएपछि संयोजक पियाले बुटवललाई खेल क्षेत्रमा अग्रणी नगर बनाउनका लागि यहाँका खेलाडी, प्रशिक्षक, क्लब र संघसंस्थाहरुलाई साथमा लिएर अगाडि बढ्ने बताए ।

उनले बुटवलका खेलाडीलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्नका लागि योग्य बनाउन क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने बताए ।

‘खेलाडी उत्पादनका लागि विद्यालय र कलेजस्तरबाटै लगानी गर्नुपर्ने, तालिम दिनुपर्ने र नियमित लागिरहन प्रोत्साहन गर्नुपर्ने देखिन्छ-उनले भने-यसलाई कुन तहबाट कसरी अगाडि बढाउँदा लाभदायी हुन्छ त्यसअनुसार सबै क्षेत्रको परामर्शका आधारमा कार्यक्रम सञ्चालन गर्नेछौं।’

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित