रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

बुटवल नगर खेलकुद विकास समितिको संयोजकमा पिया

बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समितिको संयोजकमा वोनिन पिया मनोनित भएका छन् ।

नगर खेलकुद विकास समिति सञ्चालन कार्यविधि २०७५ बमोजिम बुटवल ८ निवासी पियालाई नगर प्रमुख खेलराज पाण्डेयले संयोजकमा मनोनित गरेका हुन ।

विगतमा सितारियो कराँते, तेक्वान्दो, फुटबल र ब्याडमिन्टनजस्ता खेल प्रतियोगितामा क्रियाशील पियालाई खेलकुद विकास समितिको संयोजकमा मनोनित गर्दै नगर प्रमुख पाण्डेयले बुटवललाई खेलकुदका क्षेत्रमा अग्रणी नगर बनाउने जिम्मेवारी पूरा गर्न आग्रह गरे ।

उनले बुटवलबाट खेलाडी उत्पादन गर्नका लागि चालु आर्थिक वर्षमा नगरभित्रका विद्यालयस्तरीय फुटबल प्रतियोगिता आयोजना गर्ने र आगामी दिनमा अरु खेलकुदका प्रतियोगिताहरु सञ्चालन गरी खेलाडी उत्पादनमा जोड दिनुपर्ने बताए ।

संयोजकमा मनोनित भएपछि संयोजक पियाले बुटवललाई खेल क्षेत्रमा अग्रणी नगर बनाउनका लागि यहाँका खेलाडी, प्रशिक्षक, क्लब र संघसंस्थाहरुलाई साथमा लिएर अगाडि बढ्ने बताए ।

उनले बुटवलका खेलाडीलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्नका लागि योग्य बनाउन क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने बताए ।

‘खेलाडी उत्पादनका लागि विद्यालय र कलेजस्तरबाटै लगानी गर्नुपर्ने, तालिम दिनुपर्ने र नियमित लागिरहन प्रोत्साहन गर्नुपर्ने देखिन्छ-उनले भने-यसलाई कुन तहबाट कसरी अगाडि बढाउँदा लाभदायी हुन्छ त्यसअनुसार सबै क्षेत्रको परामर्शका आधारमा कार्यक्रम सञ्चालन गर्नेछौं।’

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित