रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

तिलोत्तमामा लम्पी स्किन विरूद्वको खोप अभियान शुरू, खोप लगाउन २० लाख बजेट विनियोजन

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा पशुमालाई लम्पी स्किनविरुद्धको खोप लगाउन शुरू गरिएको छ ।

​ तिलोत्तमा नगरपालिकाले आइतवारदेखि नगरपालिका भित्र किसानले पालेका गाई भैँसीमा लम्पी स्किनविरुद्धको खोप लगाउन शुरू गरेको हो।

पशुमा लगाइने लम्पी स्किनविरुद्धको खोप स्वास्थ्यकर्मीलाई हस्तान्तरण गर्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले किसानको पशुधन सुरक्षाको लागि नगरपालिकाले नीति कार्यक्रममै सम्बोधन गरेर बजेटको समेत व्यवस्था गरी नगरपालिका भित्र रहेका सबै पशुमा खोप लगाउन लागिएको बताए ।

उनले पशुधनमा हुने क्षतिले किसानलाई मात्रै नभएर राष्ट्रिय उत्पादनमा समेत असर गर्ने भन्दै रोगबाट बचाउनको लागि आफ्ना पशुमा खोप लगाएर सहयोग गर्न आग्रह गरे ।

नगरपालिकाले नगरसभाबाट लम्पी स्किनविरुद्धको खोप लगाउनको लागि २० लाख रुपैयाँ बजेट विनियोजन गरेको पनि उनले जानकारी गराए ।

त्यस्तै उपप्रमुख जागेश्वरीदेवी चौधरीले किसानको पशुधनको सुरक्षा गर्ने नगरपालिकाको दायित्व भएको र सोहीअनुसार खोप लगाउन शुरू गरिएको बताइन् । उनका अनुसार पहिले किसानका पशुमा लगाइने छ भने त्यसपछि छाडा पशुमा पनि लगाइने छ ।

नगरपालिकाभित्र हाल ५ हजार २ सयको हाराहारीमा गाई भैँसी रहेका छन् ।

त्यसमध्ये करिब १ हजार २ सय पशुमा लम्पी स्किन संक्रमण भेटिएको र त्यसमध्ये पनि ८४ वटा पशु (गाई) मरिसकेको तिलोत्तमा नगरपालिका पशु शाखा प्रमुख पशु चिकित्सक उर्जा देवकोटाले जानकारी दिईन।

सो भ्याक्सिन कार्यक्रमको संचालन पशु शाखा इन्चार्ज राजु कुँवर मगरले गरेका थिए। पशुमा हुने लम्पी स्किनको संक्रमण देशभर फैलिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित