मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

रोटरीले स्थापना गरेका प्रोजेक्ट नियमित सञ्चालनमा जोड

बुटवल । रोटरी क्लव अफ बुटवलको १४ सय ७४ औं नियमित बैठक शनिबार सम्पन्न भएको छ । बैठकको एजेण्डा बिजनेश रहेको थियो । बैठकका अध्यक्ष मधुप्रकाश अर्यालले बिजनेश एजेण्डा अन्तर्गत बैठकमा क्लवले यसवर्षका लागि अगाडि सारेका प्रोजेक्ट र चालु अवस्थामा रहेका प्रोजेक्टका बारेमा बैठकमा छलफल भएको जानकारी दिए ।

बैठकमा प्रेसिडेन्ट काउन्सीलका अध्यक्ष बाबुकाजी शाक्यले रोटरी क्लवले प्रोजेक्ट स्थापना मात्र होइन, यसको नियमित सञ्चालन र रेखदेखमा ध्यान दिनुपर्ने बताए । क्लवको नियमित अनुगमन र रेखदेख नहुँदा अक्सिजन प्लान्ट लगायत कतिपय स्थापना भएका प्रोजेक्ट सञ्चालनबिहीन अवस्थामा पुगेको भन्दै उनले यसप्रति सबै रोटरीयनहरु गम्भीर र संवेदनशील बन्नुपर्ने बताए ।

क्लवका पुर्व अध्यक्ष हरिप्रसाद पौडेलले प्रोजेक्ट स्थापना र यसको निरन्तर सफलताले मात्र रोटरी पनि सफल हुने भन्दै यसका लागि सामूहिक पहलकदमी आवश्यक रहेको बताए । क्लवका कोषाध्यक्ष लेखनाथ भुसालले क्लवमा नयाँ आउने सदस्यका लागि रोटरी के हो, यसको उद्देश्य के हो, रोटरीले के काम गर्छ भन्ने विषयमा जानकारी गराउन अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नुपर्ने खाँचो औंल्याए ।

बैठकमा अन्य रोटरीयनहरु मणिरत्न पाण्डे, दिवाकर घिमिरे, वसन्त थापा, यदुनाथ पाण्डेलगायतले पनि आ–आफ्नो धारणा राखेका थिए । बैठकमा क्लवका कार्यवाहक सचिव गोपालप्रसाद अधिकारीले अघिल्लो बैठकका निर्णयहरुबारे जानकारी गराएका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित