दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

सुनकाण्ड छानबिन माग गर्दै बुटवलमा टर्च जुलुस

सुनकाण्डको स्वतन्त्र र निष्पक्ष छानबिनको माग गर्दै अनेरास्ववियु आबद्ध विद्यार्थीहरुले बुधबार बुटवलमा टर्च जुलुस निकालेका छन् । दोषीलाई कारबाहीको माग गर्दै टर्च बालेर विद्यार्थीहरुले बुटवल बहुमुखी क्याम्पसदेखि ट्राफिक चोकसम्म जुलुस गरेका हुन् ।

सहभागीहरुले ‘सुन काण्डका दोषीलाई कारबाही गर’, ‘सुन तस्करमा सहभागीलाई कारबाही गर’ लगायतका विभिन्न प्लेकार्ड बोकेका थिए ।
जुलुसपछि आयोजित कोणसभामा अनेरास्ववियुका केन्द्रीय सदस्य साजन भण्डारी, शेषकान्त पोखरेल, कृष्ण बस्यालले सरकारले आफू निकटका व्यक्तिलाई जोगाउने प्रपन्च गरेको आरोप लगाएका थिए । उनीहरुले प्रधानमन्त्री र गृहमन्त्रीले आफ्ना पार्टीका आरोपितहरुलाई जोगाउन अनेक बहाना गरेको आरोप लगाए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित