श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह                
समाचार :

बुटवलमा डेंगु नियन्त्रणका लागि खोज र नष्ट गर अभियान सुरु

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले डेंगु नियन्त्रणका लागि खोज र नष्ट गर अभियान सञ्चालन गरेको छ ।

विहिबारदेखि १९ वटै वडामा खोज र नष्ट गर अभियान सञ्चालन गरिएको बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखाका उपनिर्देशक युवराज पाण्डेले जानकारी दिए ।

विद्यालय, संघसंस्था, अस्पतालहरुलाई सचेतना कार्यक्रममा सहभागी गराउंदै डेंगु नियन्त्रणको अभियानमा सहभागी गराईएको छ ।

बुटवलमा डेंगुको संक्रमितको संख्या नबढेको र डेंगुको प्रभाव बढ्न नदिनका लागि सचेतना कार्यक्रम सञ्चालनका लागि खोज र नष्ट गर अभियान सञ्चालन गरिएको बुटवल उपमहानगरपालिकाले बताएको छ ।

संक्रमितको तथ्यांक एकीकृत रुपमा संकलन गरी एकद्वार प्रणालीबाट बुटवल उपमहानगरपालिकालाई बुझाउने निर्णय गरिएको उपनिर्देशक पाण्डेले बताए । नीजि क्लिनिकमा जांच गरेर उपचार गराउनेहरुले संख्या उपलब्ध गराउनका लागि बुटवल उपमहानगरपालिकाले आग्रह गरेको छ ।

रुपन्देहीमा ४६ जना संक्रमित फेला परेको अस्पतालहरुले बताएपनि बुटवलमा अहिलेसम्म संक्रमित फेला नपरेको उपमहानगरपालिकाले जनाएको छ ।

बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले बुटवलभित्र डेंगु नियन्त्रणका लागि सञ्चालन भएको अभियानलाई निरनतरता दिने बताए । एकसाथ अभियान सञ्चालन गरेर संक्रमण फैलिन नदिनतर्फ ध्यान नगरवासीलाई आग्रह गरे ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित