रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

लुम्बिनी प्रदेशमा लम्पी स्किन रोगबाट हजार ६४६ पशुको मृत्यु

बुटवल । लुम्बिनी प्रदेशमा लम्पी स्किन रोगबाट ५ हजार बढि पशुको मृत्यु भएको छ ।

लुम्बिनी प्रदेशको पछुपन्छी निर्देशनालयका अनुसार हाल सम्म प्रदेशमा ५ हजार ६४६ पशुको मृत्यु भएको छ ।

लुम्बिनी प्रदेशमा पहिलो पटक २ साउन ०७७ मा लम्पी स्किन रोगको संक्रमण फेला परेको थियो । हाल सम्म १ लाख ८१ ह्जार ९३५ पशु यो रोगबाट संक्रमणमा परेका छन् ।

निर्देशनालयका निर्देशक डा. परबेज आलमले लुम्बिनी प्रदेशमा लम्पी स्किन रोगका कारण १२ करोड ५० लाख बराबरको पशुमा क्षति भएको बताए । लम्पी स्किन रोग लागेका पशुबाट ५० प्रतिशत सम्म दुध उत्पादनमा कमी हुने भन्दै उनले अहिले प्रदेशमा दैनिक १ करोड ५० लाखको आर्थिक क्षति भइरहेको बताए ।

हाल प्रदेशमा प्रदेश स्तरिय लम्पीरोग नियन्त्रण कार्यदल गठन गरेर रोगको नियन्त्रणको पहल भइरहेको छ । प्रदेशमा अहिले ३० लाख बढिको औषधी तथा खोप खरिद गरी परिचालन गरिएको निर्देशनालयले जनाएको छ ।

निर्देशक डा. आलम

हाल सम्म ३८ हजार ७९३ खोप तथा १ लाख २ हजार ४७६ पशुको उपचार गरिएको र त्यसका लागि ६३८ जनशक्ति परिचालन गरिएको बताइएको छ । स्थानिय तहबाट पनि लम्पी स्किन रोगको खोप लगाउने कार्य भइरहेको छ । यो रोगबाट प्रदेशमा २३ हजार ९२७ पशु निको भएको छन । अहिले प्रदेश सरकारले आकस्मिक कोषको बजेटले खोप खरिद गरेर जिल्ला जिल्लामा पठाइएको छ ।

निर्देशनालयका अनुसार आकस्मिक खोपका लागि ३९ लाख, खोप खरिदका लागि ५३ लाख, लजिष्टिकका लागि ३५ लाख १ करोड २७ लाख र थप नियन्त्रणका लागि २ करोड ८३ लाख बराबरको कार्ययोजना बनाई बजेट माग गरेको निर्देशनलयका निर्देशक आलमले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित