रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

दुईवटा सवारी साधनमा ढुवानी गरी भन्सार छलेर भित्र्याइएको कपडा बरामद

दुईवटा सवारी साधनमा ढुवानी गरी भन्सार छलेर भारतबाट नेपाल ल्याउँदै गरिएको कपडा र ढुवानीका साधन रुपन्देही प्रहरीले बरामद गरेको छ । ती कपडा र ढुवानीका साधन करिब ५ लाख रुपैयाँबराबरको भएको अनुमान गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले रुपन्देहीको मायादेवी गाउँपालिका–६ बेथरीबाट र रुपन्देही लुम्बिनी सांस्कृतिक नगरपालिका-६ लोफडियाबाट गत सोमबार कपडा बरामद गरेको हो ।

प्रहरीका अनुसार, रुपन्देहीको कोटहीमाई गाउँपालिका-३ निवासी विजय भरले चलाएको लु ४७ प ४८३७ नम्बरको मोटरसाइकलमा ल्याउँदै गरेको कुर्ता सुरुवाल १ सय ४० पिस र मोटरसाइकलसहित अन्दाजी १ लाख ४९ हजार रुपैयाँबराबरको सामान बेथरीबाट बरामद गरिएको हो ।

यसैगरी, रुपन्देहीको गैडहवा गाउँपालिका ७ का सन्तकुमार खरबिन्दले चलाएको लु १ ह १६९४ नम्बरको ई–रिक्सामा ल्याउँदै गरेको टिसर्टलगायत ३ लाख ६० हजार रुपैयाँबराबरको सामान बरामद लोफडियाबाट बरामद गरिएको हो ।

बरामद गरिएका कपडा, सवारी साधन र चालकलाई भैरहवा भन्सार कार्यालयमा पठाइएको रुपन्देहीका प्रहरी प्रवक्ता तथा डीएसपी श्यामु अर्यालले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित