प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु शोरुम उद्घाटनअघि नै बुटवलमा ‘प्रोटोन ई.मास सेभेन’ ईभी १० वटा बिक्रि रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य पाल्पाको तिनाउमा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण सुरु                
समाचार :

लुम्बिनी केवलकारमा मिर्गाैला तथा मुटुका विरामीलाई नि:शुल्क यात्रा

बुटवल। बम्घाट युवा क्लवको सहयोगमा लुम्बिनी केवलकारमा मिर्गाैला तथा मुटुका विरामीलाई नि:शुल्क यात्रा तथा कामाख्या देवी मन्दीर दर्शन गराइएको छ ।

सोमबार बुटवलको बम्घाटमा रहेको बुटवल हिल्स, लुम्बिनी केवलकारमा मिर्गाैला तथा मुटु पीडित सरोकार संघ लुम्बिनी प्रदेशका अध्यक्ष रमेश केसी, उपाध्यक्ष कृष्ण मल्लको संयोजकत्वमा ३० जना मिर्गाैलाको डाईलासिस गर्दै आएका व्यक्तिहरुलाई केवलकारमा यात्रा तथा तिनाउ–३ बसन्तपुर पाल्पामा रहेको कामाख्यादेवी मन्दीरमा दर्शन गराइएको हो ।

मिर्गाैलाको नियमित डाईलाईसीस गर्दै आएका विरामीहरुलाई केही समय भएपनि खुल्ला वातावारणमा रिफ्रेसमेन्ट प्रदान गर्ने गरी यो कार्यक्रम आयोजना गरिएको अध्यक्ष रमेश केसीले जानकारी दिए ।

कार्यक्रममा क्लवको तर्फबाट अध्यक्ष प्रकाश श्रेष्ठ, विशाल घिमिरेले बोल्दै क्लवलाई केवलकारले प्रदान गरेको सामाजिक उत्तरदायित्व अन्तर्गतको कोटामा मिर्गाैला तथा मुटु रोगीहरुलाई यात्रा गराइएको जानकारी दिए ।

केवलकारको विषयमा जानकारी दिदै लुम्बिनी केवरकारका मिडिया संयोजक टोपराज शर्माले केवलकारले विभिन्न समयमा विभिन्न प्रकृतिका व्यक्तिहरुलाई सामाजिक उत्तरदायित्व अन्तर्गत विशेष छुटमा यात्रा गराउने गरेको जानकारी गराएका थिए ।

केबलकारले विद्यार्थी, बुटवल–३ र तिनाउ– ३ का वडावासीलाई २५ प्रतिशत, अपाङ्गता भएका व्यक्तिहरुलाई ५० प्रतिशत छुटमा केवलकारको यात्रा गराउँदै आएको अपरेसन म्यानेजर डिएन कायस्थले जानकारी दिए ।

केवलकार चढ्न पाउँदा र मन्दीर दर्शन गर्न पाउँदा विरामीहरुमाहरु खुसि भएका थिए । केही समय भए पनि शान्तवातावरणले उनीहरुको मानसिकतामा समेत प्रभाव पार्ने गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलका सिनियर नर्स सरिता कुँवरले जानकारी गराएकी थिईन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित