श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह                
समाचार :

बुटवलमा धर्म, ज्योतिष एवं बास्तु सम्मेलन हुने

बुटवल । बुटवलमा धर्म, ज्योतिष एवं बास्तु सम्मेलन हुने भएको छ । विश्व ज्योतिष महासंघ लुम्बिनी प्रदेश समितिको आयोजना तथा लुम्बिनी पूजा सामाग्री भण्डार बुटवलको सह–आयोजनामा हुने सम्मेलन साउन १९ र २० गते बुटवलमा हुने भएको हो ।

आयोजक संस्था विश्व ज्योतिष महासंघ लुम्बिनी प्रदेश कमिटिले पत्रकार सम्मेलनको आयोजना गरी सम्मेलनको तयारी पुरा भएको बताएको छ । बुटवलको सिद्धार्थ कटेजमा हुने सम्मेलनमा प्रा. डा. देवमणि भटट्राईले आशौच परिचय र निर्णयहरु विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् ।

त्यस्तै उप प्रध्यापक लक्ष्मीप्रसाद बरालले ज्योतिषशास्त्रमा बैदेशिक यात्रा सम्बन्धी कार्यपत्र प्रस्तुत गर्ने महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष जनार्दन न्यौपानेले बताए ।

यसैगरी प्रशिक्षण बास्तु र जीवन प्रशिक्षण बारे डा. माधवमंगल जोसी कार्यपत्र प्रस्तुत गर्ने उनले बताए ।

करिव ४ सय भन्दा बढि ज्योतिषहरुको सहभागिता रहने सम्मेलनले बुटवल घोषणापत्र समेत जारी गर्नेछ ।

सम्मेलनमा स्वामी लोकानन्द जी महाराज, डा. माधवमंगल जोशी, नेपाल पञ्चांक निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारी, संस्कृत केन्द्रीय विभागका प्रा. डा. नारायण गौतमको उपस्थिती रहनेछ । प्रतिव्यक्ति १ हजार ५ सय प्रवेश शुल्क तोकिएको सम्मेलन विश्व ज्योतिष महासंघ लुम्बिनी प्रदेश कमिटिको पहिलो कार्यक्रम हो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित