श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह                
समाचार :

शाइन रेसुंगा बैंकले एक हजार बिरुवा रोप्दै

बुटवल । शाइन रेसुंगा डेभलपमेण्ट बैंक लि.ले चालु आर्थिक वर्षमा एक हजार विरुवा रोप्दैछ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पर्यावरण संरक्षणको लागि ‘शाइन ग्रो ग्रिन प्रोजेक्ट २०८०’ देशव्यापी संचालन गरिरहेको छ ।

जस अनुसार यो वर्ष एक हजार बिरुवा रोप्न लागेको हो । गत वर्ष बैंकको १४ औं वार्षिकोत्सव पारेर बैंकले १४ हजार विरुवा रोपेको थियो ।

यो वर्ष बैंक १५औं वर्षमा यात्रा गरेकाले देशभरका ११ वटा क्लष्टरमार्फत एक हजार विरुवा रोपेर १५ हजार पु¥याउने कार्यक्रम तय भएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले जानकारी दिए ।

‘शाइन ग्रो ग्रिन प्रोजेक्ट’ अन्तर्गत शाइन रेसुंगा डेभलपमेण्ट बैंक लि. मिड सेन्ट्रल सब क्लस्टर मंगलापुरले तिलोत्तमाको गौतमबुद्ध मा.बि. केवलानीमा बृक्षारोपण गरेको छ ।

बैंकले विद्यालय परिसरमा स्वामी, धुपी, गुल्मोहर, अशोका, कल्की प्रजातिका ८० बढी बिरुवाहरु रोपेको कलस्टर हेड विष्णु थापाले जानकारी गराए ।

उक्त कार्यक्रममा विद्यालयका प्राचार्य मृगेन्द्र रिजालले वातावरण संरक्षण निकै ठूलो चुनौति बन्दै गएको परिस्थितिमा शाइन रेसुंगा डेभलपमेण्ट बैंकले बृक्षारोपणलाई निरन्तरता दिएर वातावरण संरक्षणमा महत्वपूर्ण योगदान गरेको भन्दै रोपेको विरुवा संरक्षणमा बैंक र विद्यालयले समेत ध्यान दिनुपर्ने बताए ।

उनले आगामी दिनमा थप नविनतम कार्यहरु गर्दै जान बैंकलाई सुझाव दिए ।

शाइन रेसुंगा डेभलपमेन्ट बैंक बुटवलमा केन्द्रीय कार्यालय रहेको लुम्बिनी प्रदेशको एक मात्र राष्ट्रिय स्तरको विकास बैंक हो ।

५ अर्ब अधिकृत पुंजी र ४ अर्ब २८ करोड चुक्ता पुंजी भएको बैंकका देशभर ८८ वटा शाखा, एउटा एक्सटेन्सन काउन्टर र १६ वटा एटीएम सञ्चालनमा छन् । बैंकले हालै अन्तर्राष्ट्रियस्तरको एशिया इमर्जिङ बैंकिङ अवार्ड र गत वर्ष बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अवार्ड जितेको थियो ।

 

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित