श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह                
समाचार :

बुटवलको आगन्तुक सहकारीका सञ्चालक १२ लाख धरौटीमा छुटे

बुटवल । बचतकर्ताको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका बुटवल अमरपथमा रहेको आगन्तुक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष राजु घर्ती धरौटीमा छुटेका छन् ।

सहकारीलाई समस्याग्रस्त बनाएर सम्पर्क विहिन बनेका घर्तीलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पक्राउ गरेको थियो । घर्तीविरुद्ध ३३५ जना बचतकर्ताले रकम फिर्ताको माग गर्दै जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा जाहेरी दर्ता गराएका थिए । बुटवल र भैरहवाका ती बचतकर्ताबाट ४ करोड ३६ लाख ६० हजार ४१९ रुपैयाँ फिर्ताको माग गर्दै उजुरी परेको थियो ।

जिल्ला अदालत रुपन्देहीले मँगलबार सहकारीका अध्यक्ष घर्तीलाई १२ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको छ । यसैगरी सहकारीका मार्केटिङ हेड सुरज ज्ञवालीलाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको श्रेस्तेदार शोभाखर अर्यालले जानकारी दिए । न्यायधिश महेन्द्रराज काफ्लेको ईजलासले उनीहरुलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित