रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

लुम्बिनीमा निर्माण हुने एकिकृत खानेपानी,ढल व्यवस्थापन सम्बन्धी राय–संकलन

रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा निर्माण हुने एकिकृत खानेपानी,ढल व्यवस्थापन तथा ईन्सिनिरेटर आयोजना सम्बन्धी रायसुझाव संकलन कार्य आज सम्पन्न भएको छ ।

यो योजनाको लागी प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदन तयारीको क्रममा आयोजना कार्यान्वयन हुँदा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा प्रभावित पार्ने विषयहरुलाई लिएर स्थानीय सरोकारवालाहरुको राय सुझाव संकलन भएको हो ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी साँस्कृतिक नगरपालिकाका मेयर सजरुद्धिन मुसलनमानले नगरलाई जनताले चाहेजस्तो बनाउन खोजेको बताएका छन् ।नगरबाट निस्केका फोहोरमैलालाई समुचित रुपमा व्यवस्थापन गर्ने गृहकार्य अघि बढ्न सुरु भएको र सो विषयमा बृहत छलफल चलिरहेको जानकारी दिए ।

लुम्बिनी साँस्कृतिक नगरमा एकिकृत रुपमा विकास गर्न र नगरलाई स्वच्छ एवं हरावरा बनाउन सो आयोजना अघि सारिएको हो । विकासका काम गर्दा यस क्षेत्रका प्राकृतिक,भौतिक प्रणली,साँस्कृतिक,सामाजिक,आर्थिक र पर्यटनमा असर नपर्ने गरि गर्नुपर्नेमा मेयर मुसलमानले जोड दिए ।

छलफलमा केन्द्रित भएको आयोजनालाई मुर्त रुप दिन आफु सकारात्मक भएको भन्दै सवैको साथ र सहयोगको अपेक्षा गरेका छन् ।

कार्यक्रममा उपप्रमुख कल्पना हरिजनले नगरबाट निस्केका ढललाई उचित रुपमा व्यवस्थापन गर्नुपर्ने आजको आवश्कयता देखिएको बताईएकी छन् । एकिकृत खानेपानीको विकासमा समेत नगर लागी परेको कुरा औँल्याईन् ।

नगरपालिकामा भएको कार्यक्रममा वातावरण तथा ईन्जिनियरहरुले सो आयोजनाकाबारेमा प्रस्तुतिकरण दिएका थिए ।एकिकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना पानीपोखरी,काठमान्डौको आयोजनामा सार्वजनिक कार्यक्रम भएको थियो

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित