
बुटवल । सिद्धबाबा सुरुङ मार्ग नजिकै पहिरो जाँदा बुटवल–पाल्पा सडक अवरुद्ध बनेको छ ।
राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार पाल्पाको तिनाउ–३ स्थित निर्माणधिन सुरुङमार्गको रिपनजिकै पहिरोले सडक पुरिएको छ ।
विहान करिब पौने ८ बजेदेखि सडक अवरुद्ध भएको र अहिले पहिरोलाई हटाएर सडक खुलाउने प्रयास जारी रहेको प्रहरीले बताएको छ । बाटो अवरुद्ध हुँदा बुटवलबाट पाल्पा, गुल्मी, स्याङजा जाने यात्रुहरु बीच बाटोमै अलपत्र परेका छन् ।