श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह                
समाचार :

सरकारी गाडी दुरपयोगः ३ दिन भित्र स्पष्टिकरण दिन पत्राचार

बुटवल । शिक्षा विकास तथा समन्वय इकाइ रुपन्देहीले अनुमती विना विदाको दिन पनि सवारी चलाएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले स्पष्टिकरण माग गरेको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले सार्वजनिक बिदाको दिन कार्यालय प्रयोजन बाहेक व्यक्तिगत प्रयोजनमा उक्त कार्यालयको गाडीको प्रयोग गरिएको भनेर उजुरी आएपछि तत्कालै गाडी नियन्त्रणमा लिइ कारवाही प्रक्रिया अगाडि बढाइएको बताए ।

जिल्ला प्रशासन कार्यालयले तीन दिन भित्रमा जवाफ दिन भन्दै उक्त कार्यालयलाई सोमबार लिखित स्पष्टिकरण माग गरेको हो ।

गत शनिवार शिक्षा विकास तथा समन्वय इकाइ रुपन्देहीका तत्कालीन इकाइ प्रमुख दीपेन्द्र ढकाल र उनका निकटका केही व्यक्ति सवार रहेको अवस्थामा बा२झ१०१० नम्बरको सरकारी गाडीलाई राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले बुटवल नजिक पूर्वपश्चिम राजमार्गबाट नियन्त्रणमा लिएको थियो ।

ट्राफिक डीएसपी होमबहादुर थापाले उक्त गाडी शनिवार संचालन गर्नका लागि सम्बन्धित निकायबाट अनुमती नलिइएकाले गाडी नियन्त्रणमा लिइ कारवाहीका लागि आइतबार पत्रका साथ जिल्ला प्रशासन कार्यालयमा बुझाइएको बताए । उनका अनुसार, गाडीमा दीपेन्द्र ढकाल लगायत अन्य चारजना व्यक्ति पनि थिए ।

सरकारी सवारी साधन सार्वजनिक विदाको दिन संचालन गर्नु परेमा संचालन गर्नु पर्ने प्रयोजन खुलाएर समबन्धित जिल्ला प्रशासन कार्यालयबाट पूर्व अनुमती लिनु पर्ने नियम छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित