रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

सरकारी गाडी दुरपयोगः ३ दिन भित्र स्पष्टिकरण दिन पत्राचार

बुटवल । शिक्षा विकास तथा समन्वय इकाइ रुपन्देहीले अनुमती विना विदाको दिन पनि सवारी चलाएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले स्पष्टिकरण माग गरेको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले सार्वजनिक बिदाको दिन कार्यालय प्रयोजन बाहेक व्यक्तिगत प्रयोजनमा उक्त कार्यालयको गाडीको प्रयोग गरिएको भनेर उजुरी आएपछि तत्कालै गाडी नियन्त्रणमा लिइ कारवाही प्रक्रिया अगाडि बढाइएको बताए ।

जिल्ला प्रशासन कार्यालयले तीन दिन भित्रमा जवाफ दिन भन्दै उक्त कार्यालयलाई सोमबार लिखित स्पष्टिकरण माग गरेको हो ।

गत शनिवार शिक्षा विकास तथा समन्वय इकाइ रुपन्देहीका तत्कालीन इकाइ प्रमुख दीपेन्द्र ढकाल र उनका निकटका केही व्यक्ति सवार रहेको अवस्थामा बा२झ१०१० नम्बरको सरकारी गाडीलाई राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले बुटवल नजिक पूर्वपश्चिम राजमार्गबाट नियन्त्रणमा लिएको थियो ।

ट्राफिक डीएसपी होमबहादुर थापाले उक्त गाडी शनिवार संचालन गर्नका लागि सम्बन्धित निकायबाट अनुमती नलिइएकाले गाडी नियन्त्रणमा लिइ कारवाहीका लागि आइतबार पत्रका साथ जिल्ला प्रशासन कार्यालयमा बुझाइएको बताए । उनका अनुसार, गाडीमा दीपेन्द्र ढकाल लगायत अन्य चारजना व्यक्ति पनि थिए ।

सरकारी सवारी साधन सार्वजनिक विदाको दिन संचालन गर्नु परेमा संचालन गर्नु पर्ने प्रयोजन खुलाएर समबन्धित जिल्ला प्रशासन कार्यालयबाट पूर्व अनुमती लिनु पर्ने नियम छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित