लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

सिद्धबाबा मन्दिर नजिकको रिव एङकरिङ पहिरोले भत्कियो

बुटवल । मृत्यु मार्गका रुपमा परिचित बुटवल–तानसेन सडक खण्ड अन्तर्गत सिद्धबाबा क्षेत्रमा निर्माणधिन सुरुङ मार्गको रिवलाई पहिरोले क्षति पुराएको छ ।

अविरल बर्षापछि झरेको पहिरोले सिद्धबाबा सुरुङ मार्गको सिद्धबाबा तर्फको रिब एङकरिङ पूर्ण रुपमा भत्काएको हो । हेडबक्स नजिकको रिवमा भने कुनै क्षति पुराएको छैन ।

सुरुङ माग निर्माणको ठेक्का पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले हेडबक्सको रिवको ढलान गरेपछि सिद्धबाबा मन्दिर नजिकै प्रवेश द्धारमा रिवको काम थालेको थियो । त्यहाँ ३५ जना कामदारले काम गरिरहेका थिए ।

पहिरोले रिवलाई पूर्णरुपमा क्षति पुराएसंंगै सुरुङ मार्गको काम रोकिएको छ । निर्माण कम्पनीले बर्षायाममा पनि काम जारी रहने भन्दै काम गरिरहेको अवस्थामा पहिरोले रिवलाई क्षति पुराएको हो । रिवमा क्षति पुराएपनि मानविय क्षति भने हुन पाएन् ।

सिद्धबाबा सुरुङ मार्ग परियोजनाकी ईन्जिनियर सविता ज्ञवालीले पहिरोले रिवमा क्षति पुराएको बताईन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित