श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह                
समाचार :

कान्ति माविमा नयाँ विद्यार्थीलाई अभिमूखिकरण

बुटवल । कान्ति माध्यमिक विद्यालय बुटवलले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कक्षा ११ मा व्यवस्थापन, मानविकी तथा शिक्षाशास्त्र समुहमा भर्ना भएका विद्यार्थीलाई कलामा आधारित जीवनोपयोगी सीप, किशोरावस्थामा ध्यान दिनुपर्ने पक्ष, जीवनको लक्ष्य आदि विषयमा उत्प्रेरक प्रशिक्षक रमेश अर्यालले उत्पेरणामूलक प्रशिक्षण दिएका थिए ।

बुटवल उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नरिश्वर पौडेलले विद्यार्थीलाई विद्यालय, घर परिवार र देशप्रतिको आफ्नो दायित्वलाई बुझेर अध्ययनमा लाग्न अनुरोध गरेका थिए । विद्यालयका प्राचार्य गोविन्द ज्ञवालीले विद्यालयको विगत, वर्तमान र भविष्यको योजनाका बारेमा बोलेका थिए।कार्यक्रम शिक्षक लिलाधर पाण्डेको सञ्चालन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमानन्द शर्माको अध्यक्षता र करियर काउन्सेलर हुमराज भुसालको सहजीकरणमा सञ्चान भएको थियो ।

कार्यक्रम दुईवटा चरणमा सञ्चालन हुने व्यवस्थापन अनुसार भोलि मङ्गलबारको दोस्रो चरणमा विज्ञान समुहका लागि कार्यक्रम सञ्चालन गरिने कक्षा ११ का ईनचार्ज शिक्षक भानुभक्त भुसालले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित