रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे                
समाचार :

सय रुपैंयाभन्दा बढीको सामानमा राजश्व लिने नीतिलाई निरन्तरता दिन आग्रह

बुटवल । सिमावर्ती भारतीय बजारबाट किनमेल गरेर आउने नेपाली उपभोक्ताबाट लक्षित गरी सय रुपैंया भन्दा बढीको सामानमा राजश्व लिने नीतिलाई निरन्तरता दिन बुटवल उद्योग वाणिज्य संघले आग्रह गरेको छ । संघ लगायत यस क्षेत्रका व्यवसायिक संघसंस्थाहरुको पहलमा हालैदेखि भन्सारमा कडाई गरिएको थियो ।

सिमानाकामा कडाई गरेपछि सिमावर्ती नेपाली बजार पनि गुल्जार हुन थालेको र सरकारको राजश्व असुलीमा पनि प्रगति भएको भन्दै बुटवल उद्योग वाणिज्य संघले सोमबार बुटवलमा पत्रकार सम्मेलन गरेर सिमानाका कडाईलाई निरन्तरता दिन सरकारसंग आग्रह गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य समेत रहनु भएका बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले बिगतदेखी गरिएको पहल तथा पैरबीका कारण भन्सार बिन्दुमा खुद्रा उपभोग्य वस्तुमा समेत भन्सार महशुल लिने कार्यको थालनी भए पश्चात स्थानीय बजारमा सकारात्मक असर देखिन थालेको बताए । व्यवासयीका अनुसार भन्सारमा कडाई गर्न सुरु भएपछि बुटवल बजारमा कपडाको व्यापारमा ३५ प्रतिशत तथा कस्मेटिक तथा मोटरपार्टसमा १० प्रतिशतले व्यापारमा बृद्धि भएको उनले बताए । त्यस्तै अन्य बस्तुको व्यापारमा पनि तुलनात्मक रुपमा बृद्धि भएको उनले बताए ।

कतिपय सिमा क्षेत्रका व्यक्तिको भन्सार नाका खुकुलो बनाउनु पर्ने धारणा आएपछि संघले सरकारलाई दवाव दिन पत्रकार सम्मेलन गरी संस्थागत धारणा प्रष्ट पारेको हो ।
नेपालको कुल व्यापारको करिव दुई तिहाई भारतबाट आयात हुने र खुला सिमाका कारण कुल ग्राहस्थ उत्पादनको एक तिहाई बराबरको चोरी निकासी हुने गरेको अनुमान गरिएको बताउँदै संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठले सरकारले आफ्नो मुख्य स्रोतको बृद्धि सुनिश्चित गर्न तथा स्थानीय उत्पादन र व्यवसायीलाई बलियो गराउनको लागि पनि भन्सार कडाई गर्ने नीतिलाई निरन्तरता दिनुपर्ने बताए ।

त्यस्तैगरी संघका पूर्वअध्यक्ष तथा सल्लाहकार नवराज श्रेष्ठले देशको अर्थतन्त्र दरिलो पार्न भन्सार तथा खुल्ला सीमा नियमन थप कडाई गर्दै जानुपर्ने बताए । उनले नेपालको कुल ग्राहस्थ उत्पादनको ९० प्रतिशत र कुल रोजगारीको ८० प्रतिशत हिस्सा योगदान रहेको निजी क्षेत्र प्रति बेवास्ता गरिएमा मुलुकको अर्थव्यवस्थामा दीर्घकालिन असर पर्ने भन्दै सरकार कुनैपनि हालतमा पछि नहट्न आग्रह गरे ।

राष्ट्रहितको कार्यलाई निरन्तरता दिदै स्थानीय उत्पादन तथा व्यवसायको प्रवद्र्धन मार्फत राजस्व अभिबृद्धिको हालको भन्सार नियमनलाई कायम राख्दै सीमामा अनुगमन तथा निगरानी बढाउन संघका महासचिव विमराज भट्टराईले आग्रह गरे ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित