दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

एमाले लुम्बिनीको पहिलो अधिवेशन भदौ १६ मा

नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको पहिलो अधिवेशन भदौ १६ र १७ गते हुने भएको छ ।

शनिबार बुटवलमा भएको प्रदेश कमिटीको सचिवालय बैठकले बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा अधिवेशन गर्ने निर्णय भएको प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले जानकारी दिए ।

बैठकले सदस्यता नवीकरणका लागि यही साउन १२ गतेसम्म सक्ने र त्यसको प्रमाणि प्रतिलिपि केन्द्रमा पठाउने, प्रदेशमा रहेका सबै जनप्रतिनिधिलाई राखेर साउन १३ र १४ गते नेपालगन्जमा प्रशिक्षण कार्यक्रम संचालन गर्ने र पार्टीको नियमित प्रशिक्षणका लागि स्कुल संचालन गर्न साउन २२ गतेदेखि २५ गतेसम्म प्रशिक्षक प्रशिक्षण कार्यक्रम संचालन गर्ने निर्णय भएको कंडेलले बताए ।

१३ र १४ गते हुने जनप्रतिनिधि प्रशिक्षणमा प्रदेशबाट संघ तथा प्रदेशमा रहेका सांसदहरु, स्थानीय तहमा रहेका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षहरु रहनेछन् ।

प्रदेश कमिटी बैठकमा पार्टी केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज पद्मा अर्यालले पार्टी कमिटीलाई चलायमान बनाउन सबैले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताएकी थिइन् ।

उनले अहिले बनाएको कार्यतालिका र जिम्मेवारी अनुसार समयमै कार्यसम्पादन गर्न निर्देशन दिएकी छन् ।

बैठकमा प्रदेशबाट केन्द्रीय कमिटीमा रहेका सदस्यहरु, प्रदेश कमिटीका सदस्यहरु, १२ वटै जिल्लाका अध्यक्ष तथा इन्चार्जहरु सहभागी रहेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित