श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह                
समाचार :

शनिबार सरकारी गाडी चढेर दरु पार्टी : छैन पास

बुटवल । रुपन्देहीका जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख दिपेन्द्र ढकालले सरकारी गाडीको दुरुपयोग गरेका छन् ।  उनले शनिबार पनि जिल्ला प्रशासन कार्यालयको अनुमती विना सकारी गाडी लिएर घुमफिर र खानपानमा हिँडेको भेटिएको छ ।

शनिबार विहान बुटवलबाट केवलकार चढेर वसन्तपुर घुमेका उनले दिउँसो पाल्पाको नुवाकोटमा पुगेर दारु पार्टी गरेका छन् । आफ्ना केही साथीहरु तथा नीजि विद्यालयका सञ्चालकलाई बोकेर नुवाकोट  पुगेका उनले स्कुलको अनुगमनमा निस्किएको र खाजा खानका लागि नुवाकोट पुगेको प्रतिक्रिया दिए । शनिबारको दिन बुटवलका केही निजी विद्यालय निरीक्षण गरेको बताउने उनले यसअघि पनि पटक-पटक सरकारी गाडीको दुरुपयोग गरेको आरोप लाग्ने गरेको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले कुनै पनि सरकारी गाडी शनीबार  वा विदाको दिन प्रयोग गर्नु परेका अनुमती जारी गर्नु पर्ने भए पनि साउन ६ गते शनिबारका लागि पुनै पास वा अनुमती जारी नगरिएको स्पष्ट पारे ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित