रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

शनिबार सरकारी गाडी चढेर दरु पार्टी : छैन पास

बुटवल । रुपन्देहीका जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख दिपेन्द्र ढकालले सरकारी गाडीको दुरुपयोग गरेका छन् ।  उनले शनिबार पनि जिल्ला प्रशासन कार्यालयको अनुमती विना सकारी गाडी लिएर घुमफिर र खानपानमा हिँडेको भेटिएको छ ।

शनिबार विहान बुटवलबाट केवलकार चढेर वसन्तपुर घुमेका उनले दिउँसो पाल्पाको नुवाकोटमा पुगेर दारु पार्टी गरेका छन् । आफ्ना केही साथीहरु तथा नीजि विद्यालयका सञ्चालकलाई बोकेर नुवाकोट  पुगेका उनले स्कुलको अनुगमनमा निस्किएको र खाजा खानका लागि नुवाकोट पुगेको प्रतिक्रिया दिए । शनिबारको दिन बुटवलका केही निजी विद्यालय निरीक्षण गरेको बताउने उनले यसअघि पनि पटक-पटक सरकारी गाडीको दुरुपयोग गरेको आरोप लाग्ने गरेको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले कुनै पनि सरकारी गाडी शनीबार  वा विदाको दिन प्रयोग गर्नु परेका अनुमती जारी गर्नु पर्ने भए पनि साउन ६ गते शनिबारका लागि पुनै पास वा अनुमती जारी नगरिएको स्पष्ट पारे ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित