श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह                
समाचार :

सिद्धार्थ गौतम बुद्ध क्याम्पसमा मुख स्वास्थ्य जाँच शिविर,२ सय जनाले लिए लाभ

सिद्धार्थ गौतम बुद्ध क्याम्पस बुटवल हाटबजारमा मुख स्वास्थ्य जाँच तथा परामर्श शिविर सम्पन्न भएको छ । आधुनिक समाज डेन्टल केयर प्राली बुटवलको प्राविधिक सहयोगमा शिविर भएको हो ।

सिद्धार्थ गौतम बुद्ध क्याम्पसको हेल्थ डेस्क समितीद्वारा आयोजित कार्यक्रममा २ सय जनाले लाभ लिएका छन् । कार्यक्रममा डा काजोल श्रेष्ठ , डा मनिला गुरुङ लगायतको स्वास्थ्य टोलीले मुख स्वास्थ्य जाँच गरेका थिए ।

क्याम्पसका हेल्थ डेस्क कोर्डिनेटर ताराप्रसाद ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि क्याम्पस प्रमुख बिष्णु प्रसाद रानाले समाज डेण्टलले पछिल्लो समय समाजमा स्वास्थ्य सम्बन्धि परामर्श र चेकजाँच गरेको प्रती खुशी व्यक्त गरे ।

कार्यक्रममा आधुनिक समाज डेन्टलका अध्यक्ष अमृत भुसाल संयोजक माधव सापकोटा सहायक क्याम्पस प्रमुख रमेश प्रसाद पाण्डे, सहप्राचार्य कृष्ण प्रसाद खनाल, बिभागिय प्रमुख, प्राध्यापक, कर्मचारी एव विद्यार्थीको सहभागिता रहेको थियो ।

कार्यक्रममा क्याम्पस प्रमुख बिष्णु प्रसाद राना र आधुनिक समाज डेण्टलका अध्यक्ष अमृत भुसालबिच एमओयु भएको छ। डेण्टलका अध्यक्ष अमृत भुसालले सहकार्यका लागि सिद्धार्थ गौतम बुद्ध क्याम्पसलाई धन्यवाद ज्ञापन गरे ।

कार्यक्रमका सभापति तारा प्रसाद ज्ञवालीले हेल्थ डेस्कले सबैलाइ निशुल्क सेवा लिन मदत पुगेको बताउनुभयो । कार्यक्रमको सञ्चालन प्राध्यापक तिर्थराज काफ्लेले गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित