मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

जनताले अनुमोदन गरेका दिपेन्द्रलाई मन्त्री बन्न अमरसिंहले रोक्न मिल्छ ?

बुटवल । जनताले अनुमोदन गरेका सांसद हुन लुम्बिनी प्रदेशका दिपेन्द्र पुन । पुर्व माओवादी, स्वतन्त्र अनि अहिले फेरि माओवादी भएका दिपेन्द्र चुनाव लड्दा स्वतन्त्र भएर लडे । नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापती अमरसिंह पुन संग चुनाव लडेका उनले अन्तत चुनाव पनि जिते ।
चुनावमा स्वतन्त्र नामबाट उठेर निर्वाचनमा विजयी हासिल गरेपछि दिपेन्द्र पुनः माओवादीमा फर्किए ।

केन्द्रमा जस्तै प्रदेशमा पनि सत्तागठबन्धन भयो । कांग्रेस, माओवादी सहितका साना दलहरुलाई समेटेर गठबन्धन बन्यो ।

माओवादी नेपाली कांग्रेसको नेतृत्वमा लुम्बिनीमा सरकार बनाउन तयार भयो । कांग्रेस संसदिय दलका नेता डिल्लीबहादुर चौधरी गठबन्धनकै सहमती अनुसार मुख्यमन्त्री बने ।

माओवादीले पनि सरकारमा जाने नेताको नाम पठायो ।

त्यो नाममा थिए, रोल्पाका दीपेन्द्र पुन ‘सिजल’ ।

यो नाम देखेपछि सत्तागठबन्धनकै एक घटक नेपाली कांग्रेस असन्तुष्ट पोख्यो । किनकी यो नाम कांग्रेसका प्रदेश सभापती अमरसिंह पुनलाई पराजित गर्ने दिपेन्द्रको थियो ।

कांग्रेस सभापती अमरसिंह पुनले मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई कुनै पनि हालतमा दिपेन्द्र मन्त्री बन्न नहुने दवाव दिइरहेका छन् ।

त्यहि कारण अहिले पनि लुम्बिनीमा सरकार विस्तार हुन सकेको छैन् । अहिले पनि ३ वटा मन्त्रालय खाली छन् ।

उनै कांग्रेस सभापती पुनले यो विषय नेपाली कांग्रेसको काठमाडौंमा जारी केन्द्रीय समितिको बैठकमा समेत राखेका छन् ।

सभापती पुनले माओवादी केन्द्रबाट लुम्बिनी प्रदेश सभामा मन्त्रीका लागि सिफारिस भएका रोल्पाका दीपेन्द्र पुन ‘सिजल’ का विषयमा तीव्र असन्तुष्टि बैठकमा जनाए ।

कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा प्रदेश सभापति अमरसिंह पुनले गठबन्धनविरुद्ध बागी उम्मेदवारलाई कारबाही भएको विषयमा प्रसंग उठाउँदै आफ्नो निर्वाचन क्षेत्रमा तत्कालीन गठबन्धन र अहिले पनि कायम रहेको गठबन्धनका विरुद्ध उम्मेदार दिएका व्यक्तिलाई अहिले पुरस्कृत गर्न नसकिने जनाएका छन् ।

‘रोल्पामा मेरो उम्मेदवारीविरुद्ध उम्मेदार भएका व्यक्तिलाई अहिले उही गठबन्धनले कसरी सम्मान दिने, म देशव्यापी गठबन्धनको साझा उम्मेदार बनेको थिएँ, उही गठबन्धनको अहिले प्रदेश र संघमा सरकार छ, अनि त्यही गठबन्धनविरुद्ध लाग्नेलाई कसरी हामीले समर्थन गरेर अगाडि बढ्ने रु यो विषयमा प्रष्ट हुन जरुरी छ, हामीलाई त्यो स्वीकार्य हुँदैन’ पुनले भने ।

उनले थपे, ‘चुनावमा गठबन्धनबिरुद्ध बागी उम्मेदवार दिएर विजयी भएका साथीहरूलाई पार्टीमा प्रवेश गराएर मन्त्री बनाइँदैछ । विशेष त लुम्बिनी प्रदेशको रोल्पा जिल्लामा माओवादीका बागी उम्मदेवारलाई पार्टीमा ल्याई मन्त्री बनाउने प्रपन्च गरिँदैछ । गठबन्धनविरूद्ध जाने कसैलाई यो चुनावी गठबन्धनको जगमा निर्मित सरकारले चिन्दैन । गठबन्धनको मर्म र भावना विपरीत हुने कुनै काममा सहमति नगर्न म पार्टी नेतृत्वको ध्यान आकर्षित गराउन चाहन्छु, ’ पुनले भने ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित