बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर २ मा रहेको मणिमुकुन्द सेन उद्यान यस क्षेत्रको एउटा प्रमुख पर्यटकीय गन्तव्य बनेको छ ।
फूलबारीको नामले परिचित हुने मणिमुकुन्दमा बर्षेनी लाखौको संख्यामा आन्तरिक एवं बाह्य पर्यटक यहाँ आउँछन् ।
विशेष गरि जाडो महिनामा उद्यानमा अवलोकनकर्ताको निकै भिड लाग्ने गर्दछ । कात्र्तिकदेखी फागुनसम्म बनभोज खान आउनेहरुको बाक्लो चहलपहल हुन्छ । त्यस्तै लगनका बेलामा विवाह लगायतका कार्य पनि हुने गर्दछ ।
कात्र्तिक, मंसिर महिनामा देशका विभिन्न भागबाट शैक्षिक भ्रमणमा हिडेका विद्यार्थीहरु बुटवलको यो मणिमुकुन्द सेन उद्यानमा पस्ने गरेका छन । फूलबारीमा आन्तरिक मात्र नभई भारतीय पर्यटकहरु समेत आउंछन ।
टिकट काटेर मात्र बार्षिक ५ लाख पर्यटक प्रवेश गर्ने गरेको मणिमुकुन्द सेन उद्यान संरक्षण समितिका अध्यक्ष माधव नेपालले बताए । फुलबारीमा बर्षको ५ लाख टिकट काटेरै प्रवेश गर्छन । टिकट नकाटेर आएका सहित गर्दा कुल ८ लाख जति प्रवेश गर्ने अनुमान समितिको छ ।
पार्कभित्र विभिन्न बाटिककाका साथै, बाल उद्यान, चिडिया घर पनि रहेको छ । यहां चितुवा, भालु, स्याल, बां दर, हरिण, निलगाइ, जरायो, मृग, अजिंगर लगायतका जनावरहरु छन । उद्यान भित्र मणीमुकुन्द सेनको शालीक पनि निर्माण गरिएको छ ।
आदिमावन रामापिथेकसको शालीक पनि रहेको छ । यस्तै गौतमबुद्ध, मायादेवी, उजिरसिंह लखन थापा, दशरथचन्द, भिमदत्त पन्त, यादवनाथ आलोक, जिवराज आश्रीत, तारापति भटटराई, वसिर मिया, सूर्यप्रसाद घिमिरे, चोकबहादुर गुरुङ लगायतका अर्धकदका सालिक पनि राखेर बुटवल स्मारक बनाइएको छ ।
बुटवल उपमहानगरपालिका वडा नम्बर २ मा रहेको यो उद्यान तत्कालिन सेन राजाको सितकालिन दरबार रहेको ठाउं पनि हो ।










