तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

रोहिणी गाउँपालिकाले ल्यायो नीति तथा कार्यक्रम, ५५ करोड बढी बजेट

भैरहवा। रुपन्देहीको रोहिणी गाउँपालिकाले आर्थिक वर्ष २०८०÷०८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । बिहीबार गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले १३ औं गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

१४८ बुँदामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा कृषिलाई आर्थिक समृद्धिको मेरूदण्ड मान्दै ‘व्यवसायिक कृषि पेशा अबलम्वन गरौं आत्मनिर्भर बनौं, भन्ने उद्देश्यकासाथ कृषिलाई आधुनिकीकरण, व्यवसायीकरण तथा बजारीकरण गर्न अभिप्रेरित गरिने र व्यवसायिक तथा साना कृषकहरूलाई अनुदानको व्यवस्था गरिने उल्लेख छ ।

त्यस्तै धकधईमा १५ शैय्याको आधारभूत अस्पताल निर्माणको लागि परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर)सहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वीकृत भइसकेकोले ठेक्का प्रक्रियामा लगिने उल्लेख छ ।

रोहिणी गाउँपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयहरुमा कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीहरुका लागि निःशुल्क शिक्षा सञ्चालन गरिने गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादवले बताए । यसबाट गाउँपालिकाभित्रकै शैक्षिक संस्थाहरुमा अध्ययन गर्ने परिपाटीको विकास हुने उनले बताए ।

त्यस्तै आमा र शिशुको स्वास्थ्यलाई ध्यानमा राख्दै बर्थिङ्ग सेन्टर तथा अस्पतालमा सुरक्षित सुत्केरी गराउन प्रोत्साहन गर्ने र बर्थिङ्ग सेन्टर तथा अस्पतालमा प्रसुति गराइएका रोहिणी गाउँपालिकाभित्र स्थायी बसोबास भएका सुत्केरी महिलालाई साउन १ गतेदेखि नै कार्यान्वयन गर्ने गरी ‘उपाध्यक्ष सुत्केरी प्रोत्साहन कार्यक्रम’ सञ्चालन गरी पोषण सामाग्री उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिइने अध्यक्ष यादवले बताए ।

त्यसै गरी रोहिणी गाउँपालिकाको इतिहास, भूगोल, संस्कृति, चालचलन, रीतिरिवाज, भाषा, आर्थिक–सामाजिक, क्रियाकलाप र पर्यटकीय स्थल झल्किने गरी स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गरिने उनले बताए ।

आर्थिक, सामाजिक र शैक्षिक रुपमा पछाडि परेका महिला, दलित, आदिवासी जनजाती, मुस्लिम, पिछडावर्ग, अपांंगता भएका व्यक्तिलगायतका वर्ग तथा समुदायलाई सीपमूलक, आयमुलक र रोजगारमुलक कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

रोहिणीको बजेट ५५ करोड बढी

बिहीबार भएको रोहिणी गाउँपालिकाको १३ औं गाउँसभाले ५५ करोड ९१ लाख १२ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०८०/२०८१ का लागि झण्डै ५६ करोडको बजेट प्रस्तुत गरिएको गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए ।

बजेटमा आन्तरिक आयबाट रु. २ करोड ८२ लाख ६ सय ८५, संघीय सरकारबाट प्राप्त रु. ४३ करोड, २५ लाख ४४ हजार ६ सय, प्रदेश सरकारबाट प्राप्त रु. ३ करोड ४३ लाख ६६ हजार ७ सय १५, बैंक मौज्दात ४ करोड, जिल्ला समन्वय समितिबाट रु. २ करोड ४० लाख अनुमान गरिएको छ ।

१३ औं गाउँसभामा गाउँपालिकाका सेवानिवृत्त (स्थायी) शिक्षक, जनप्रतिनिधि, कर्मचारी, गाउँपालिकामा निर्माण हुने १३ शैय्याको अस्पताल जाने सडकका लागि जग्गा उपलब्ध गराउने जग्गादाताहरुलाई सम्मान गरिएको थियो । त्यस्तै उत्कृष्ट विद्यालय श्री भविष्य उज्जवल आधारभूत विद्यालय र उत्कृष्ट शिक्षक श्री पिपरहवा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक राधेश हरिजनलाई सम्मान गरिएको गाउँपालिकाका शिक्षा शाखा अधिकृत मधु प्रसाद घिमिरेले बताए ।

रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवको अध्यक्षता तथा शिक्षा शाखा अधिकृत मधु प्रसाद घिमिरेको सञ्चालनमा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शिवकान्ती हरिजन, प्रमुख प्रशासकीय अधिकृत श्री प्रसाद गौतम, प्रवक्ता वीर बहादुर क्षेत्री, वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित