‘सरकारी सहुलियतले मात्र गौतम बुद्ध विमानस्थल चल्दैन’ बमघाटमा ३ सय बिरुवा रोप्दै हरियाली अभियान, ‘प्रकृति जोगाउनु आजको आवश्यकता’ : नगरप्रमुख पाण्डेय प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीको निधन  दुवै मिर्गौला पीडित गुल्मीका महेशलाई उपचारका लागि आर्थिक अभाव, सहयोगको याचना आठ वर्षदेखि अलपत्र चौराहा–गोलपार्क सडक : फेरि थपियो म्याद  आज हरिशयनी एकादशी : तुलसीका बिरुवा सारिंदै बुटवल हस्पिटलको सेवा र पूर्वाधार उत्कृष्ट : अफिन अध्यक्ष खड्का रूपन्देहीका विद्यालयमा सर्पदंश रोकथाम र सर्प संरक्षणबारे सचेतना अभियान बुटवल अटो इन्जिनियरिङ एशोसियसनको स्थापना दिवस : आज ब्याडमिन्टन प्रतियोगिता सम्पन्न  नेपाली बजारमा नथिङको नयाँ स्मार्टफोन ‘फोन (४ए)’ सार्वजनिक
समाचार :

बमघाटमा ३ सय बिरुवा रोप्दै हरियाली अभियान, ‘प्रकृति जोगाउनु आजको आवश्यकता’ : नगरप्रमुख पाण्डेय

बुटवल । बुटवल–३ स्थित बमघाट क्षेत्रमा करिब ३ सय बिरुवा रोपेर हरियाली प्रवर्द्धन तथा वातावरण संरक्षणको अभियानलाई थप बल पुर्‍याइएको छ। बमघाट युवा क्लबको आयोजना तथा लुम्बिनी केबल कारको सहयोगमा आइतबार सम्पन्न वृक्षारोपण कार्यक्रममा धुपी, पारिजातलगायत विभिन्न प्रजातिका बिरुवा रोपिएका हुन्।

‘एक व्यक्ति, एक बिरुवा’ अभियानलाई व्यवहारमा उतार्ने उद्देश्यका साथ आयोजित कार्यक्रममा स्थानीय युवा, जनप्रतिनिधि, सामाजिक संघसंस्था र सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। वृक्षारोपण गरिएका बिरुवाले बमघाट क्षेत्रलाई हराभरा, स्वच्छ र वातावरणमैत्री बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास आयोजकले लिएको छ।

कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले वातावरण संरक्षणका लागि वृक्षारोपणजस्ता अभियानलाई निरन्तरता दिन आवश्यक रहेको बताए। उनले “हरियाली संरक्षण केवल सरकारी दायित्व मात्र होइन, हरेक नागरिकको साझा जिम्मेवारी हो। आज रोपिएको एउटा बिरुवाले भोलिको स्वच्छ वातावरण र सुरक्षित भविष्य सुनिश्चित गर्छ। युवाहरूको यस्तो अभियानले समाजलाई सकारात्मक सन्देश दिएको छ र उपमहानगरपालिका यस्ता रचनात्मक अभियानमा सधैं साथमा रहनेछ,” भने।

कार्यक्रममा बुटवल उपमहानगरपालिका–३ का वडाध्यक्ष विष्णु ढकाल, बमघाट टोल विकास संस्था, चुरे वन उपभोक्ता समिति, गणेशस्थान खानेपानी तथा सरसफाइ संस्था, स्थानीय समाजसेवी, युवा तथा विभिन्न क्षेत्रका सर्वसाधारणको सहभागिता रहेको थियो।

कार्यक्रमको संयोजन तथा व्यवस्थापन बमघाट युवा क्लबका सचिव विशाल घिमिरेले गरेका थिए। उनको नेतृत्वमा क्लबका युवाहरूले वृक्षारोपणदेखि व्यवस्थापनसम्म सक्रिय भूमिका निर्वाह गरेका थिए।

आयोजक बमघाट युवा क्लबले प्रकृति संरक्षण, वातावरणीय सन्तुलन र भावी पुस्ताका लागि हराभरा नेपाल निर्माण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाएको छ। साथै अभियानलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबै संस्था, स्वयंसेवक र सहभागीप्रति क्लबले आभार व्यक्त गरेको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित