दुवै मिर्गौला पीडित गुल्मीका महेशलाई उपचारका लागि आर्थिक अभाव, सहयोगको याचना आठ वर्षदेखि अलपत्र चौराहा–गोलपार्क सडक : फेरि थपियो म्याद  आज हरिशयनी एकादशी : तुलसीका बिरुवा सारिंदै बुटवल हस्पिटलको सेवा र पूर्वाधार उत्कृष्ट : अफिन अध्यक्ष खड्का रूपन्देहीका विद्यालयमा सर्पदंश रोकथाम र सर्प संरक्षणबारे सचेतना अभियान बुटवल अटो इन्जिनियरिङ एशोसियसनको स्थापना दिवस : आज ब्याडमिन्टन प्रतियोगिता सम्पन्न  नेपाली बजारमा नथिङको नयाँ स्मार्टफोन ‘फोन (४ए)’ सार्वजनिक  सिद्धबाबाको ‘मृत्युमार्ग’ माथि सुरुङको नयाँ आशा: अब असोजभित्रै गुँड्नेछन् गाडी सुस्ताको समस्या अध्ययन गर्न सुरक्षा निकायको टोली सीमा क्षेत्रमा, गृह मन्त्रालयलाई प्रतिवेदन बुझाइने श्रमिकमैत्री सवारी ऐन बनाउन माग गर्दै १२ जिल्लाबाट सरकारलाई ध्यानाकर्षण
समाचार :

 दुवै मिर्गौला पीडित गुल्मीका महेशलाई उपचारका लागि आर्थिक अभाव, सहयोगको याचना

बुटवल । गुल्मीको तुराङका महेश अर्याल दुवै मिर्गौलाले काम गर्न छाडेपछि यतिबेला जीवन र मृत्युको दोसाँधमा संघर्ष गरिरहनुभएको छ। चिकित्सकको सल्लाह अनुसार उहाँको नियमित डायलाइसिस भइरहे पनि कमजोर आर्थिक अवस्थाका कारण थप उपचार प्रक्रिया अघि बढाउन परिवारलाई धौ-धौ परेको छ।

पीडित परिवारका अनुसार दैनिक उपचार र डायलाइसिस खर्च दिनप्रतिदिन बढ्दै जाँदा आर्थिक संकट गहिरिँदै गएको छ। समयमै थप उपचार र मिर्गौला प्रत्यारोपण गर्न नसके स्वास्थ्य अवस्था थप जटिल बन्ने चेतावनी चिकित्सकहरूले दिएका छन्।

महेशको पारिवारिक पृष्ठभूमि झनै कहालीलाग्दो छ। घरका मुली (बुवा) को यसअघि नै निधन भइसकेको छ भने परिवारमा आर्थिक उपार्जन गर्ने अन्य कुनै बलियो स्रोत छैन। त्यसमाथि उनका दाजु पनि लामो समयदेखि दीर्घरोगबाट ग्रसित भई नियमित औषधि सेवन गरिरहनुभएको छ। दैनिक छाक टार्नै धौ-धौ भइरहेको अवस्थामा महेशको महँगो उपचार खर्च जुटाउन परिवार पूर्ण रूपमा असमर्थ बनेको छ।

यसैबीच, आर्थिक अभावका कारण उपचार रोकिने अवस्था आएपछि महेशको जीवन बचाउन परिवार तथा आफन्तले देश-विदेशमा रहेका सम्पूर्ण नेपाली, सामाजिक संघ-संस्था तथा मनकारी महानुभावहरूसँग आर्थिक सहयोगको  अपिल गरेका छन्।

सहयोग कसरी गर्ने?

यदि तपाईँ महेश अर्यालको जीवन रक्षाका लागि सहयोग गर्न चाहनुहुन्छ भने तल दिइएको बैंक खाता वा सम्पर्क नम्बरमा सिधै सम्पर्क गर्न सक्नुहुनेछ:

बैंकको नाम: ग्लोबल आइएमई बैंक (मजुवा शाखा)
खातावालाको नाम: मधुकर अर्याल
खाता नम्बर: 07107010008674

सम्पर्कका लागि:

सम्पर्क नम्बर: ९७६२७३४१७२
टेकबहादुर अर्याल (माइलो बुवा): ९७०६३९९३२५

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित