युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत                
समाचार :

इन्टलेक्च्युअलका विद्यार्थीको जिज्ञासा र न्यायाधिवक्ताको जवाफ: ‘भोलिका नेता’का लागि विधिको शासनको पाठ

बुटवलको इन्टलेक्च्युअल एकेडेमीमा विद्यार्थीहरूको सक्रियतामा ‘The Leader Voice : भोलिको नेतृत्व: आजको जिज्ञासा’
विशेष संवाद कार्यक्रम सम्पन्न भएको छ। सरकारी वकिलको कार्यालय रूपन्देहीका जिल्ला न्यायाधिवक्ता प्रकाश मरासिनीसँग विद्यार्थीहरूले निर्वाचन र कानुनी शासनका विविध पक्षमा अन्तरक्रिया गरेका हुन्।

​विद्यार्थी पृन्स कार्किले कार्यक्रमको उद्देश्य प्रस्ट पार्दै स्वागत गरेपछि सुरु भएको सत्रमा छात्रा अप्सना पराजुलीले मोडरेटरको भूमिका निर्वाह गरेकी थिइन्। संवादका क्रममा विद्यार्थी सौरब केसीले मताधिकारको उमेर र अन्य सहभागीहरूले निर्वाचनका बेला हुने विकृति विरुद्धको कानुनी प्रक्रियाबारे न्यायाधिवक्तासँग जिज्ञासा राखेका थिए। प्रश्नहरूको उत्तर दिँदै न्यायाधिवक्ता मरासिनीले एक सचेत नागरिकले हाल्ने भोटले देशको ५ वर्षको भविष्य निर्धारण गर्ने बताइन ।

विद्यार्थीहरूले भविष्यको नेतृत्वका बारेमा जिज्ञासा राखेका थिए। “पढेको मान्छे मात्र नेता बन्न सक्छ कि नपढेको पनि?” भन्ने प्रश्नको जवाफ दिँदै मरासिनीले भनिन, “नेता हुनका लागि ठुलो डिग्रीभन्दा पनि ठुलो चारित्रिक शुद्धता र इमानदारी चाहिन्छ। तर, कानुन बुझेको र विधिको शासनलाई सम्मान गर्ने नेताले मात्र देशलाई सही बाटोमा लैजान सक्छ।”

​कार्यक्रमको विशेषताबारे जानकारी दिँदै प्रबन्ध निर्देशक रामराज पोख्रेलले भने, “आजको कार्यक्रममा हामी शिक्षकहरू बोलेनौँ, केवल विद्यार्थीहरूले नै यसको संयोजन, सञ्चालन र संवाद गरे, जुन उनीहरूको आत्मविश्वासको ठुलो प्रमाण हो।”

​विपिना पाण्डेको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द मरासिनी, अभिभावक संघ रूपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, विद्यालय संयोजक माया पौडेल र प्रि-प्राइमरी संयोजक मन्जु पराजुलीको उपस्थिति थियो। सूर्यान्स न्यौपानेको समन्वय र स्मृद्ध खनालको सञ्चालनमा सम्पन्न कार्यक्रममा अन्स बगाले मगरले धन्यवाद ज्ञापन गरेका थिए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित