प्यारामाउन्ट बोर्डिङ हाई स्कुलमा खेल सप्ताह जारी

बुटवल । तिलोत्तमा स्थित प्यारामाउन्ट बोर्डिङ हाई स्कुलमा जारी खेल सप्ताह अन्तर्गत आज तेस्रो दिन कक्षा ११ र १२ का विद्यार्थीहरू बीच फुटबल प्रतियोगिता सम्पन्न भएको छ।

सो प्रतियोगितामा कक्षा १२ ,सम्राट बास्तोलाको टिमले विजय हासिल गरेको छ।

सो प्रतियोगिता खेल अवधिभर ३/३ गोलको बराबरीपछि पेनाल्टी सुटआउटमा ३/२ ले सम्राट बास्तोलाको फुटबल टिमले कक्षा १२ कै रघु गैरेको टिममाथि सहज विजयी हासिल गरेको हो।

सो प्रतियोगितामा कक्षा ११ र १२ का आठवटा टिमको सहभागिता थियो।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित